- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 5 December 2013

देशु सुब्बा

        देशु सुब्बा जीका केस्राहरु 

"नशा"

- देशु सुब्बा
पाँचथर,हाल- साउदी अरब 
नशाको काम रहेछ मात
दुर्वसनीलाई लाग्ने भात

युवा जमात झुम्मिन्छ्न् यहाँ
अम्मलकारी बीचको हात

लाग्दैछ रे जम्मैलाई मात
कुलत बाटोमा जम्नु घात
०९-०७-२०१३

"आव्हान"



मनको मझेरीमा आउ
प्रीत नि बसाएर जाउ



मीठा प्रीतका कुरासंगै,
मनको गाँठो भै फुकाउ

फर्केर तिमी यहाँ आउ
म संगै साईनो लगाउ
०५-०७-२०१३

“चण्डाल” 

कर्मचारी पो सत्तामा जुटे
राष्ट्रको ढुकुटी लुट्न लुटे

अनर्थ भयो लौ हेर आज
जनताका आशा शिशा झै टुटे

आ-आफ्नै स्वार्थ पुर्तिमा जुटे
हेर त लौ भाइ-भाइमा फुटे
०३-०७-२०१३

"सपना"

सधैं आउने गर्छिन्  उनि रातमा
खै कुन्नि के चाहिं परिन् जातमा

सुन्दर स्वप्निल बस्तु भएर
भेटाउंछु सपना कै खातमा

लुटुपुटु खेल्छिन् संगै रातमा
नाच्दै बजाउंछिन् चुरी हातमा
२९-०६-२०१३

"सम्बन्ध'

दिलको दिवार तोडि
म तिरै पाईला मोडि

मसक्क मस्किदै उनी
सामु आईन् घुम्टो ओडि

सारा जंजिर नै तोडि
मेरी बनिन् साईनो जोडी
२७-०६-२०१३

No comments:

Post a Comment