- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 7 December 2013

राज आङ्देम्बे "सहयात्री"

राज आङ्देम्बे "सहयात्री" जीका केस्राहरु



राज आङ्देम्बे "सहयात्री"
पाँचथर,हाल-मलेसिया 
"महान" 

गोली जस्तै बोली बनाएर आउ 
ती हातले अब कलम उठाऊ 

महान विचारको योद्दा हौ तिमी 
स-साना कुरामा मन नदुखाउ 

गर्वले त्यो छाती फुलाएर आऊ 
मर्न देखि कैले पनि नडराउ।
०७-१२-२०१३ 

"दोमन"



यता जाउँ की उता जाऊँ हुन्छ
मनले नानाथरि कुरा गुन्छ

मझधारमा मन अल्झिएर
पागल सरी हाँस्छ कतै रुन्छ

दृश्य एउटै दृष्टि फरक हुन्छ
शंकाले भयको आकाश छुन्छ।
०६-१२-२०१३

"ऐठन"

सपनाले मलाई ऐठन दिन्छ
रातभरि नै मन निसासिन्छ

मेरै भविष्यको सवालहरू
उठाएर अग्नि परिक्षा लिन्छ

मुटुको धड्कन नै रोकि दिन्छ
कर्महारा हो भनी मलाई चिन्छ।
०२-१०-२०१३

“तनाव”

जिन्दगीको यो उत्तर चढाव
म माथी नै नियतीको दबाव

कति रेटौँ यो मनको सारङ्गी
नमिले जस्तो सुर-ताल भाव

विषमात्मा यो उत्तर चढाव
मलाई नै भइदिन्छ तनाव।
२१-०९-२०१३

"प्राप्ती"

जब मैलेँ तिम्रो त्यो दर्शन पाएँ
सुस्तरी ब्युँझिएर जगमगाएँ

संघर्षको काँडामा फूलेको देख्दा
कसम तिमीलाई मन पराएँ

मेरो खोजहरुमा तिमी नै पाएँ
त्यसैले टिपेर दिलैमा सजाएँ ।
१७-०४-२०१३
[राज आङ्देम्बे 'सहयात्री' जीका पछिल्लो पकाशित केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment