- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 9 January 2014

राई रुमानी

        रुमानी जीका केहि केस्राहरु 

-  राई रुमानी
मोरंग,हाल-मलेसिया 
  "जीवन-रंग"

घाम हिडेरै समुंद्र तर्छ
र आकास-धर्ती रङ्ग भर्छ

यही नै घामको क्यान्भासमा
फूल अनि पात दंग पर्छ

सृष्टि अनन्त जंघार तर्छ
र,जीवन ढलीमली गर्छ ।
२४-०८-२०१३

  "आस्था"



बरु दु:ख सहन्छु म रुँदिन
आँशुले परेलीहरु धुँदिन

भाग्यलाई दोष दिनु व्यर्थ छ
फर्कन्छ एकिदन त्यो सुन्दिन

दु:ख पाएँ भनेर म रुँदिन
ईश्वर भाकेर ढुङ्गा छुँदिन  ।
२२-०८-२०१३

  "अनुनय"

आँशुको डिलैडिल टेकेर आऊ
र,मुटु टुक्रा-टुक्रा पारेर गाऊ

दु:खै-दु:खले भरिएको जिन्दगी
रुमानी हाँसो र खुसीले सजाऊ

पीडाको सागर पौडिएर आऊ
र,डुब्न लागेको डुङ्गा पार लाऊ।
२१-०८-२०१३

  "समय-गीत"

पीडा गाउँदैछन् है चराहरु
बूढो रुखमा बसी बराहरु

अवनति- उन्नती समय हो
भाव अन्तरका अन्तराहरु

किंकर्तव्यविमूढ चराहरु
थेग्न गाह्रो रुखका जराहरु
१२-०८-२०१३

  "राष्ट्रियता"

उता देशको सीमाना मिचिन्छ
यता स्वाभिमानी मन पिसिन्छ

केवल राष्ट्रियता फलाकेर
महाशय ! कतिन्जेल टिकिन्छ ?

विस्तारवादले देशै मिचिन्छ
सार्वभौम पहिचान रितिन्छ ।
०५-०८-२०१३

No comments:

Post a Comment