- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 16 February 2014

रोमन पीडा

     रोमन पीडा जीका केस्राहरु 

- रोमन पीडा
पाँचथर,हाल-रेगिस्तान 
  "बिदाई"

तिम्रा सबै याद लिएर जानु
के के छन बाँकि ती सबै लानु

मायाको ब्यापार चल्दो रहेछ
सगै मर्ने झुटो वाचा नखानु

बिदाईमा आँसु नझारी जानु
आजबाट अलक भयौ सानु
०६-११-२०१३

 "आव्हान"



उठौं सबै बन्दुक बोकी
बढौं अघि अन्याय रोकी

दमन गरे हामी माथि
हुन्न अब गोली नठोकी

लडौं बम बारुद बोकी
युद्धको सीमारेखा तोकी
१३-१०-२०१३

"विश्वासघात"

मायाँमा विश्वासघात
दिउसै अध्यारो रात

आँसु बनेर खस्दै छ
नयन भरी विस्मात

असह्य नै भयो घात
पारी दियो बज्रपात
११-१०-२०१३

"आमा"

आमाको मायाँ
शितल छायाँ

पाईरहु साथ
दायाँ र बायाँ

अथाह मायाँ
जगत पायाँ
१०-१०-२०१३

“मुक्ति”

पाईन्दैन मुक्ति यहाँ मागी
लड्नै पर्छ अब मुक्तिको लागि

जातीय र वर्गीय विभेद
अन्त्य गर्न उठौं सबै जागी

नहुने भो समानता मागी
उठ्नै पर्छ है ! सर्वस्व त्यागी
३०-०९-२०१३

No comments:

Post a Comment