- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 22 February 2014

प्रतिक्रिया:- अनुप्रास संरचना

    अनुप्रास संरचना सम्बन्धी टिप्पणी 

"अबोध"

बुध्दको शान्ति सन्देश बिचरा
बेकार रोप्यो आज सबै थारा

बुझेन कसैले यस्को महिमा
एक्लो भयो छैन कोही सहारा

बुध्दको शान्ति सन्देश बिचरा
कुल्चि दियो आज सबै चिथरा।
३०-०१-२०१४
- कृष्ण लिम्बु    पाँचथर हाल-मलेसिया 

#> मौलश्री लिम्बु:- शिर्षक र भावपक्षको तालमेल मिलेको छ ।यद्यपि अनुप्रास संरचनामा दोष रहेकोछ।यस केस्रामा 'अल्पश्रुति अनुप्रास' को प्रयोग गर्न खोजिएको छ।जस्तै:- विचरा> व+इ+च+अ+रा= स्वर उच्चारण
"इअरा>अरा ' / विचरा >चरा" / चिथरा >थरा  > मुख्य अनुप्रास ।त्यस्तै थारा>थ+आ+रा=स्वर उच्चारण "आरा"/ सहारा >हारा  ।अनुप्रास शब्दको स्वर उच्चारण "अरा" र "आरा" रहेको छ। यसर्थ अनुप्रासमा दोष रहेकोछ।
*****     #####    ******

  "सभ्यता"

संयमतासँगै मानब बिकास॥
स्रोत र साधनको खोई त निकास?

घमण्डी पाखण्डी जंगली मान्छले॥
उफ्रेर न त छुन्छ क्षितिज आकास॥

मिल्ने हो जनता भने छ बिकास॥
हुनेछ नेपाल स्वर्ग र झँकास॥
२३-१२-२०१३ 
- Smile Gajurel  [स्माइल गजुरेल]

#> Jhari Dan Rai:- केस्राको भाव पक्ष मार्मिक छ हजुर अलिकती विश्रामको "आकाश" र बैठानको "झकास" अनुप्रास मिलेन सर नभए त मार्मिक केस्रा बन्ने थियो। यहाँ ३ पाटाको अनुप्रास भयो सर-
१) विकास र निकास     २) आकाश       ३) झकास
******     ####     ****

“जमाना” 

कस्तो पो आयो जमाना
मात्र चाहियो बहाना

मायाँ जालमा पारेर
कटाउँछन सिमाना

स्वार्थी भएछ जमाना
भत्कियो सारा सपना ।
२७-०१-२०१४
- रामजी दुर्गम    इटहरी, सुनसरी 

#> मौलश्री लिम्बु :-  केस्राको भाव ठीकै छ ।अनुप्रास संरचना मिल्न सकेको छैन ।केस्रामा ‘अल्पश्रुति अनुप्रास‘ को प्रयोग गर्न खोजिएको छ। जस्तै जमाना> ज+अ+म+आ+न+आ= स्वर उच्चारण “अआना” हुन्छ तर ‘अल्पश्रुति अनुप्रास‘ मिलाउनु पर्ने भएकोले जमाना>ज- >”माना”= स्वर उच्चारण ‘आना’ हुन्छ।यसर्थ बहाना> “हाना”//= माना/हाना” अनुप्रास उपयुक्त छ तर सिमाना>”माना” यो अनुप्रास संरचना पहिलो हरफमा प्रयोग भई सकेको छ।पाँचौ हरफमा बाहेक अन्यमा दोहोरिए त्यो अनुप्रास दोष हुनेछ।त्यस्तै:- सपना>”पना” यहाँ स्वर उच्चारणमा दोष रहेको छ,केस्रामा “सिमाना र सपना“ अनुप्रास दोष रहेकोछ।
******     ######    ********

                     केस्रा विधा बारे जिज्ञासा 

# JN Dhahal :- यहाँ एउटा कुरा केस्रामा म कहिले पनि बुझ्न सक्दिन। कसै कसैले त तिन सेरलाई यसो माथीको जस्तै कफ्य प्रयोग गरी random रुपमा गजलको स्वोरुप, गजलकै बनावटमा प्रेसित गरेको पनि पाईयो। कतै कतै गजल टुर्किदा रुबाई भए जस्तो ( गलत धारणा ) त्यसरी नै गजल तिन सेरबाट उभो लाग्न नसक्दा केस्राको रुप मिलाई कसै कसैले यहाँ राख्नु भएको जस्तो लग्यो। मलाई गजल र केस्राको फरक र केस्रामा हुनु पर्ने नियमलाई मात्र मुख्यतय राखी दिनु हुन् सम्पदाक महुदयलाई अनुरोध गर्न चाहन्छु।
१२-०१-२०१४

#> मौलश्री लिम्बु :- 
        सामान्यतय: केस्रामा:
१) शिर्षक अनिवार्य हुनु पर्दछ।
२) सबै हरफमा बाह्र लिपि चिन्ह भन्दा नबढाई समान लिपि चिन्हमा लेखिनु पर्दछ।प्रत्येक हरफमा आवश्यकता अनुसार एक-एक स्वर वर्ण छुट हुनेछ।
३) कुनै पनि अवस्थामा विषय वस्तुको पक्ष वा भाव अनिवार्य एकै विषयमा केन्द्रित हुनु पर्दछ।
४) शिर्षक केन्द्रित हुनुका साथै 'विश्राम [तेश्रो र चौथो हरफ] मा विषय वस्तुको एक पक्ष/भावको अनिवार्य खुलासा हुनु पर्दछ र 'बैठान [पाँचौ र छैटौ हरफमा] यहि भावलाई जोड दिएर निष्कर्ष वा निराकरण गर्न सक्नु पर्दछ।
५) केस्रामा समय वा काल कुनै भएता पनि अनिवार्य एउटा कथ्य,घटनाको एक विवरण,एउटा चरित्र,एक पात्र वा एक समूहको भूमिकालाई मात्र प्राथमिकता दिनु पर्दछ। तुलना गरिएता पनि एक पक्षमा आफ्नो विशेष अभिमत हुन अनिवार्य छ।
६) सबै हरफहरु आपसमा परिपुरक हुनु पर्दछ।
७) केस्रामा अनिवार्यता लागू हुन्छ।
*****    ######     *******   #####


No comments:

Post a Comment