- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 17 March 2014

केशर सुब्बा

        केशर सुब्बा जीका केस्राहरु 

- केशर सुब्बा
पाँचथर,हाल-मलेसिया 
 "आत्मा"

जान्छौ भने जाउ
किन खोज्छौ भाउ

फस्दीन जालमा
नहेर भो दाउ

चुपचाप जाउ
अन्तै मायाँ लाउ
०८-०९-२०१३

  "प्रेम"



जव तिमीलाई भेटे
आफ्नै मन मुटु रेटे

विना पत्तो मायाँ बस्दा
मेरै यौवन लखेटे

जुन दिन मैले भेटे
मन भित्र नै समेटे
१७-०६-२०१३

"मन "

मायाँ लाँउ
खेल्दै जाँउ

नौलो भेट
साथ पाँऊ

प्रिती लाँउ
संगै खाँउ
१७ -०६-२०१३

"अतृप्त"

जब यादमा गले
अनि भुईमा ढले

मायाँ छन अदृश्य
खोई कसरी चले

भित्रैदेखि म गले
सम्झनालाई छले
१७-०६-२०१३

  "प्रेम"

सम्झनामा रात ढालेछु
ब्यार्थै आफ्नै साथ गालेछु

अन्धो बनेर मायाँ दिँदा
बालुवामा पानी हालेछु

नसुतेरै रात ढालेछु
अपुरो रहर पालेछु
०९-०४-२०१३

No comments:

Post a Comment