- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 29 March 2014

रेखा कविता

       रेखा कविताको प्रारम्भिक परिचय


- टंक सुब्बा
 हङ्कङ् 
     रेखा कविताको यो समयको कविता हो । यसमा खास गरी समय बगाएका छौँ । यो जीवन र जगत् हेर्ने दृष्टिकोण, भावना प्रस्तुत गर्ने संरचना र लेखाइको पहिचान हो । यसमा दृश्य,अदृश्य, भावना, समय र क्षितिजको प्रस्तुती छ । यसलाई अहिलेसम्म ५ देशबाट १२ जना कविहरू लेखिरहनु भएको छ । ती कविहरू-

१. देश सुब्बा-हङकङ
२. टंक सम्बाहाम्फे-हङकङ
३. बिमल रार्इ -हङकङ
४. डि.बि. पालुङ्वा-हङकङ

५. मनोज बोगटी-दार्जिलिङ, भारत
६. अतीत मुखिया-नेपाल
७. लोक सिंघक-नेपाल
८. हिमाल सुब्बा-नेपाल
९. केदार संकेत-अफगानिस्थान
१०.टंक वनेम-बेलायत
११.खेरेस देवेन्द्र-बेलायत
१२.अर्जुन प्रधान - अमेरिका


      रेखा कविताको प्रारम्भ देश सुब्बाको कविता सीमा समाधिस्थ गरिदिन्छु भन्ने कविताबाट भएको हो । यो कविता पहिलो पल्ट सेप्टेम्बर १२ तारिख २०१० मा फेसबुकमा प्रकाशित भएको थियो र यस कवितालाई रेखा कविता भनेर पत्रकार प्रदीप मेन्याङ्बोले नाम जराइदिएका हुन् । सीमा समाधिस्थ कवितामा 'रेखा कविता' भनेर प्रतिक्रिया दिएका थिए ।
हाललाई रेखा कविताको ६ वटा मान्यताहरू छन्:-
१. समानता
२. क्षेत्रता
३. सामयिकता
४. सहनशीलता
५. अलङ्कारिता
६.रेखीय प्रस्तुती


१. समानताः- सबैलाई समान हेर्ने दृष्टिकोण । मान्छे सबै समान हुन्, अतिवादी सोचहरू हानिकारक छन् । सबैले सबैको सम्मान गर्नुपर्छ । यसैमा सह-अस्तित्व, समन्वय आउँछन् । दुर्इटा अतिवादी रेखाहरु भए मध्यम रेखा, मध्यस्ता कर्ता । अतिवादी रेखाहरूको कारणले संसार युद्ध, शंका, र्इर्ष्या, षडयन्त्र, जालझेल हुने गरेका छन् । यसले संसार, जीवनलाई अशान्त राख्छ । यो शान्ति पनि हो, त्यसैले ।

२. क्षेत्रताः- विश्व अहिले वैश्विक गाउँ बनेको छ । मान्छेरू एक देशबाट अर्को देशमा ओहरदोहर गरिरहेका छन् । जहाँ गएर बसेपनि मान्छे केही गरिरहेका हुन्छन्, लेखिरहेका हुन्छन्, बोलिरहेका हुन्छन् । स्वदेश भित्र पनि विभिन्न क्षेत्र हुन्छ, र अन्तराष्ट्रियमा पनि जीवनका आ-आफ्नै भोगाइ हुन्छ । ती सबैलाई समेट्ने यो एउटा ठूलो मैदान हो । कुनै क्षेत्रमा बसेर, क्षेत्रको बारेमा सोचेर, भोगेर लेखिन लेखाइको अनुभूति हो यो ।

३. सामयिकताः- समय जहिलेपनि सामयिकता बन्दछ । यस समयमा जीवन, जगत्को परिवर्तन, घटना, परिघटना आवश्यकता, चिन्तन, आविष्कार, विरोध, परिस्थिति अनुकुल, प्रतिकुल सबै हुन्छ । यस परिस्थितिमा समयको माग अनुसार, सोच, चिन्तन, व्यवहार सबैलाई अभिव्यक्ति गर्न सकिन्छ ।

४.सहनशीलताः- सहनशीलता आफैमा ठूलो शक्ति हो । सहन सकिएन भने प्रतिवाद जन्मिन्छ, विरोध जन्मिन्छ । युद्ध हुन्छ । तर सहनशीलताका सीमा हुन्छ । अन्याय, अत्याचार, दमन, शोषणको सीमासम्म सहने । सीमा भन्नाले देश, समाज, वर्ग, जातिको उन्नति र प्रगतिसम्म । जाति, धर्म, संस्कार, देश, क्षेत्रको हित हुन्छ भने सक्दो सहने ।
५.अलङ्कारिताः- कविताको सौन्दर्य हो । यसैमा विम्व, मिथ, पात्रहरू समय र देश अनुसार लेखन सुन्दर बनाउने प्रविधि हो । यसमा विभिन्न जाति, संस्कृतिको विम्व, मिथक प्रयोग गरिने छ । यी सबै जीवजन्तु, वनस्पति यसमा उपयोग गरिने छ ।

६. रेखीय प्रस्तुतीः- आफ्ना, विचार, उद्देश्य, लक्ष्य व्याख्या गर्न, प्राप्त गर्न विभिन्न ढाँचाको प्रस्तुती हुनेछ । चित्र, रेखा, नक्सा लगायतका विभिन्न माध्यमहरू जसले गर्दा आफ्नो लेखनलाई प्रभावकारी बनाउन सकोस् ।
       यी मान्यताहरू समय र परिस्थिति अनुसार सामयिक हुँदै जानेछ । जसरी जीवन, जगत परिवर्तनशील छ, उन्नति, प्रगति परिवर्तनशील छ, त्यसरी नै यो लचकदार ढंगबाट अगाडि बढ्दै जानेछ । यो खुला मैदान हो, यसमा लेखनको विषय वस्तु जसरी समय अनुसार थपिन्दै जानेछन्, त्यसरी नै यसमा बुट्टा भर्ने लेखकहरू थपिन्दै जानेछन्, खेल्दै जानेछन् ।

No comments:

Post a Comment