- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 28 April 2014

दिलिप 'सगर' राई

      दिलिप 'सगर' राई जीका केस्राहरु

केस्रा प्रवक्ता:- दिलिप 'सगर' राई
मोरंग 
 "लाहुरे" 

सानु रेलमा चढेर
बिदा भो अघि बढेर

आउला भन्थ्यो लाहुरे
दु:खको पाठ पढेर

ऋणको गाडी चढेर
गयो मनमा गढेर
०४-०४-२०६९

  "नारी" 



सृष्टि कि फूल नारी
धर्तीमा स्वर्ग झारी

दिन्छे हाँसो र खुशी
आत्मा सन्तुष्टि पारी

मायाको मूल नारी
लान्छे समुन्द्र तारी

"दार्जिलिंग"

खेल्दै भावनाको पिंग
पुगेंथे म दार्जिलिङ्ग

देखेर भएछु अवाक्
उभिएँ चौरास्तामा ठिंग

झुल्दै कल्पनाको पिंग
घुमे पुरै सिटि रिंग
०२-०३-२०१४

  "होलि"

मिलेर खेलौन होलि 
आजलाई नभनी भोलि 

बहुल कला संस्कृति 
चिनारी हाम्रो रंगोली 

ल आयो रंगिन होलि 
होस् माया प्रेमको बोलि
०३-१७-२०१४

  "नेपाल"

तराई पहाड हिमाल
नाँच्दछ डाँफे मुनाल

विश्वमा वैभवशाली
स्वर्ग हो मेरो नेपाल

सगर चुम्ने हिमाल
सुन्दर शान्त विशाल
०९ -०१-२०१४ 

No comments:

Post a Comment