- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 6 April 2014

सौगात गजमेर 'मात्र'

    सौगात गजमेर “मात्र” जीका केस्राहरु 

- सौगात गजमेर 'मात्र'
झापा 
  "अनुरोध"

दिए आधार सर्वस्व लुटाई
हास्दै खेल्दै तिम्रो हात समाई

बिन्ति गर्छु तिम्रो पाउ परेर
नछोड मलाई कैले रूवाई

बाँच्ने थोरै सहास ति लुटाई
नजाऊ 'सौगात'लाई तड्पाई।
०८-१२-२०१३

  "बेदना"



मरूभुमिमा चल्दा चल्दै
मर्न लागेछु गल्दा गल्दै

यस्तो सोच्न बाध्य हुन्छु म
थाम्छ कस्ले याँ ढल्दा ढल्दै

याद बोकेर चल्दा चल्दै
सिद्धिने भए जल्दा जल्दै।
१८-१०-२०१३

   "निर्दयी"

यो मन जलाएर जानेलाई
झुटा कसमहरू खानेलाई

के माग्नु छ र मैले अब झन
भा'को चिनो साथ मै लानेलाई

दु:खिलाई रूवाई जानेलाई
पानि माथिको त्यो अाेभानेलाई।
२७-०७-२०१३

"स्वार्थि"

बेला बेला टोक्छौ किन ?
मुटू भरि चोट दिन ?

सर्वस्व त लुटि सक्यौ
बाँकि के छ खोसि लिन ?

दिन्छौ अन्धकार किन ?
लागेन तिम्लाई घिन !
१२-०५-२०१३

  "तिमी"

तिम्रो याद आईरहन्छ
सँधै मुटू खाईरहन्छ

किन होला अचेल तिम्रो
धेरै माया लाईरहन्छ

सधैं याद आईरहन्छ
आँखै अघि छाईरहन्छ ।
१०-०५-२०१३

No comments:

Post a Comment