- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 14 May 2014

देशु सुब्बा "जिज्ञासु"

       देशु सुब्बा "जिज्ञासु" जीका केस्राहरु 

  - देशु सुब्बा "जिज्ञासु"
पाँचथर,हाल-साउदी अरब  
   "गरिबी"

प्रत्येक वर्गभेदमा साना
साँझ र बिहान छैन दाना

गरिब हुनु यहि नियति
शीत पनि छ्ल्ने छैन छाना

हेपिन्छन् नै समाजमा साना
कहाँ खोजौं?आङ ढाक्ने नाना
१३-१२-२०१३

   "होशियार"



नेताले देखाउलान् हरियो नोट
बिक्रीमा छैन तिम्रो अमूल्य भोट

गुलियो नाराभित्र घुलेर तिमी
सहनु पर्ला फेरि पीडाको खोट

विवेकी जनतामा पच्दैन नोट
भूलेर पनि अब खादैनन् चोट
२२-१०-२०१३

   "पैसा"

सबैलाई पर्ने गर्छ खाँचो
लुकाएर राख अब साँचो

महादेवका नि तीन नेत्र
आखिर बनाउँछ नै भाँचो

आवश्यक पर्दा टार्छ खाँचो
पैसाको जातै रहेछ काँचो 
१६-०८-२०१३

  "रातको रानि"

साँझ बिहानको म रातकी रानि
प्राकृतिक मेरो सुवासको खानि

सबै झुमिन्छ्न् प्राय: एक भएर
मीठो बासनादारको फूल ठानि

म हुं एउटा फूल मध्येमा रानि
बागमा गर्दिन कसैगरी हानि
१०-०८-२०१३

  "नेता"

नेताजिको सस्तो भासन
आस्वासन रुपि रासन

भो!चाहिन्न यहाँ हामीलाई
तिम्रो आदेशयुक्त आसन

मक्ख पार्दै छाँट्छ भासन
अनि चलाउँछ शाषन
०७-०८-२०१३

No comments:

Post a Comment