- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 22 May 2014

डम्बर धिमाल 'प्रकृति'

     डम्बर धिमाल 'प्रकृति' जीका केस्राहरु 

- डम्बर धिमाल 'प्रकृति' 
उर्लाबारी,मोरंग हाल:- बहराईन
    "प्रवास" 

दुरदेशमा मित्र भन्यौ
दाजु भाईको नाता बन्यौ

एकै देश छिमेकी बनी
आफन्त ठानी औलामा गन्यौ

पैसाको कुरा हुन्छ भन्यौ
पछि त आफै खाल्टो खन्यौ ।
०४-०४-२०१४

   "राम राम" 



बोल्यो सबले राम राम राम
भयो अनि उसको सत्य नाम ।

मुखमा राम बगलीमा छुरा
कतै चर्तिकला दाम कै धाम ।

जेसुकै भन भयो सारा राम
सोचि हेर बन्यो नोट कै काम ।
०३-०४-२०१४

    "हार" 

आए माया लाएर
के नै जस्तो पाएर

कथा नबन्नुन है !
हांस्छ्न् सारा गाएर

फर्के माया लाएर
के गर्नु हो धाएर।
२७-०३-२०१४

   “जीवनमा” 

यो मीठो बोलीमा छायो
फेरि जीवनमा आयो

एकान्त संगीत धुन
संजोगको गीत गायो

गोधुली साँझमा आयो
अन्ततः अतित बनायो।
०५-१२-२०१३

     “पागल” 

कस्तो प्रेमी पागल हुन्छौ
फूल भन्दै आगो पो छुन्छौ

रोएर चोखो मन किन ?
आँशुले सधैं-सधैं धुन्छौ

कल्पनामा आफु नै हुन्छौ
यादले किन सास थुन्छौ।
०५-१२-२०१३

No comments:

Post a Comment