- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 24 May 2014

नाना रोदुङ्

     नाना रोदुङ् जीका केस्राहरु 

नाना रोदुङ्
खोटांग,हाल:- इजराल 
    "नेता" 

ठाउँमा नपुगिन्जेल म्याउ गर्छ
ठाउँमा पुगेपछि माथि सर्छ

देशमा विकाश चाहियो भन्दा
जनता माथि सिधै आँखा तर्छ

यस्ता नेताले के विकास गर्छ
राजश्व बटुलेर खल्ति भर्छ
०४-०१-२०१४

   "घमण्ड" 



जसले मान सम्मान घटाउछ
अवनतिको विचार रटाउछ

घमण्डीले आफू सर्वेसर्वा ठान्छ
त्यसैले राम्रो नतिजा कटाउछ

आत्मियता र मित्रता घटाउछ
यस्ले प्रेम -सदभाव हटाउछ 
१८-१२-२०१३

 “आवरणीयता”

बाहिरी सुन्दरताको कुरा गर्छौ 
त्यसैमा मोहित हुँदै आँखा तर्छौ

भन त्यहाँ के नै छ र ! त्यस्तो खास 
क्षणिक उन्मादको जालमा पर्छौ

भौतिक आकृतिको बयान गर्छौ 
आवरणीयताको नजिक सर्छौ 
१४-११-२०१३

No comments:

Post a Comment