- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 29 May 2014

केहि केस्राहरु:- २ [२०१४]

 सञ्जय गुरुङ,भक्ति प्र.पौड्याल र प्रनिल चापागाई जीका केस्राहरु

"चेतना"

विदेशमा रगत बगाएर
सधै ज्यानको बाजी लगाएर

आखिर के पाउछौ विदेशमा
ठूला ठूला शहर बनाएर

हुन्न अब पसिना बगाएर
फर्कौ देश साहस जगाएर।
  २६-०२-२०१३
- सञ्जय गुरुङ 
ताप्लेजुंग
*****     ######   ******

 "स्रोत"



रातिको अडान
भुले छ थकान

हावा छ धारामा
सुकेर मुहान

नरहे अडान
हुँदैन किटान।
   २४-०२-२०१४
- भक्ति प्रसाद पौड्याल 
मोरंग 
****  ####   ****

    "निष्ठुरी"

उसले माया अन्तै साटीछे
अर्कै दिलमा बस्न अाटीछे

संगै जिउने बाचा गर्ने त्यो
निष्ठुरीले मलाई ढाटीछे

चोखो प्रीत त अन्तै साटीछे
थाहा नपाई नेटो काटीछे। 
      २९-०८-२०१३ 
- प्रनिल चापागाई
शिवगन्ज-७,झापा 

No comments:

Post a Comment