- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 31 May 2014

कृष्ण लिम्बु

         कृष्ण लिम्बु जीका केस्राहरु 

- कृष्ण लिम्बु
पाँचथर,हाल-मलेसिया 
   "भरोसा"

आधा रातको अँधेरीमा पनि
बिउझिएर ताराहरू गनी

मेरो निम्ति खुशी माग्ने कोही छ
सारङ्गी झै रेटिन्दा धुन बनी

आफ्नो आँशुहरू पूछेर पनि
डोर्याउने नयाँ कोरेटो खनि।
२८-०३-२०१४

   "घात"



देउराली नै मानी साची
चढा कै थिए फूल भाची

कुलच्यौ किन खुशी मेरो
कोमल मुटु माथि नाचि

राखे मैले ईश्वर साची
ठानी दियौ सधै खेलाचि।
२४-०३-२०१४

  "मेहनत"

पाखा पखेरी बाँझोलाई म जोती
पाखा पखेरी मै पसिनाले पोती

नव बिउ छरी दुई पाते गोड्दै
पाखा पखेरी मै फलाउछु मोती

पाखा पखेरी समयसँगै जोती
पाखा पखेरी मै रम्छु झुब्रो ओती।
१८-०३-२०१४

    "भ्रम"
भन्थे म सधैँ उनी मेरी
राखे मेरै मनमा बेरी

अरूको नासो रहेछिन
था भयो डोली चढ्दा खेरी

क्षण भरको बनी मेरी
गईन अर्कै चोली फेरि।
१५-०३-२०१४ 

     "त्याग" 
देश कै निम्ति मर्छु बरू
नसके पनि गर्न अरू

देशमा शान्ति फैलाउछु
सधै ज्यान कै बाली जरू

अरू कै निम्ति मर्छु बरू
चाहे नाङ्गो बनेर मरू।
०९-०३-२०१४

No comments:

Post a Comment