- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 28 June 2014

देशु सुब्बा “जिज्ञासु”

        देशु सुब्बा “जिज्ञासु” जीका केस्राहरु 

   "निस्ठुरी"
- देशु सुब्बा “जिज्ञासु”
पाँचथर,हाल- साउदी अरब
 

तिमीले बनायौ मलाई भावुक
आफ्नै दिलको धड्कन ढुक-ढुक

संगालेर राखेको चोखो मायामा
लत्यायौ अब छर्केर नुनचुक

अतितले बनाई राख्छ भावुक
राख्नेछु यादहरुको तमसुक ।
३१-०१-२०१४

   "फसाद"

Thursday 26 June 2014

व्योम जी अवतार

     व्योम जी अवतार जीका केस्राहरु 
- व्योम जी अवतर
घोराही ,दाङ  

    "सपना"

टुत्यो उत्साहको आँकुरा
लाग्दा दुत्साहको माकुरा

गुज्रियो गुमस्यो भित्र नै
छुन नपाउने भो टाकुरा

टुट्दा सपनाको आँकुरा
बाँच्यो शिर पाउ पाखुरा ।

  "दर्द"

Saturday 21 June 2014

राज आङ्देम्बे 'सहयात्री'

     राज आङ्देम्बे 'सहयात्री' जीका केस्राहरु 
- राज आङ्देम्बे 'सहयात्री'
पाँचथर,हाल- जोहोरबारु ,मलेसिया 

  "डण्डीफोर"

जति सुम्सुम्यायो उति चिलाउँछ
कुरूपताको जहर पिलाउँछ

जति निचोरे पनि नपाकुञ्जेल
अथाह दर्द र पीडा दिलाउँछ

बैंस भरी चिलाउछ चिलाउछ
अन्ततः सुस्तरी आफैँ बिलाउँछ।
१९-०४-२०१४

  "नयाँसाल"

Thursday 19 June 2014

दान राई 'झरी'

        दान राई 'झरी' जीका केस्राहरु 
- दान राई 'झरी'
उदयपुर,हाल-मलेसिया  

       "धोका"

न दियौ साथ न दियौ हात
देखाई आश गर्यौ नि घात

तोडेर मुटु दुखाई मन
छोडेर गयौ लगाई बात

समाई छाड्यौ यो मेरो हात
पिलाई गई मायाको मात 
०७-०४-२०१४

 "चेतावनी" 

Wednesday 18 June 2014

अन्तर्वार्ता:- देश सुब्बा


      भयवाद:- नेपालीले विश्वलाई दिएको उपहार 

        भयवादका प्रतीपादक तथा साहित्यकार देश सुब्बा बि.सं.२०२२ सालमा नेपालको धरानमा हङकङ कर्म थलो बनाएई निरन्तर रुपमा नेपाली साहित्यलाई सोवा गरीरहेका छन् ।उनका दोसी कर्म (२०५०) अपमान(२०५२) सहिद(२०५६) र आदिवासी (२०६४) कृती प्रकासीत भैसकेका छन् । नेपाली साहित्यमा भयवादको चर्चा र परिचर्चा बड्दो छ । भयवाद सिक्किम बिस्वबिधालय स्नाकोतर तेस्रो बर्षको पाठ्क्रममा समेत समाबेस भईसकेको छ । उनै सर्जक सुब्बा भयवादको बिषयमा पशुपती अबिरल सँगको भलाकुसारी ।
भयवाद प्रवर्तक:- देश सुब्बा 

१. के हो भय वाद ?
> भयवाद जीवन र जगतलाई हेर्ने विचार हो । एउटा नयाँ आँखा हो । संसार त उही हो, जीवन पनि उही हो । रसियाका रुपात्मकवादी हेनेरी मातिसेले एउटा रातो कोठा बनाएको जस्तो । सधैँ एउटै कोठा हेर्दा हेर्दा हाम्रो जीवन सामान्यकरण भएको हुन्छ । बिहान उठ्यो, त्यही कुरा, दिउँसो त्यही कुरा । अनि नयाँपन दिन उसले कोठा नै सबै रातो पारिदिए । दर्शनमा पनि यस्तै रह्यो । त्यही जीवन र जगत्लाई नयाँ बनाउने नयाँ विचार हो भयवाद ।

२. भयवादको जन्म कसरी भयो ?

Monday 9 June 2014

राई रुमानी


         राई रुमानी जीका केस्राहरु

- राई रुमानी
उर्लाबारी,मोरंग हाल- मलेसिया
 
    "चुनाव"

कसैको जीत हाेला कसैकाे हार
बढ्दै हाेला धडकनकाे ज्वार

हारे जनता जीते देश निर्माता
कहाँ मिल्छ यस्ताे माैका बारबार

युद्ध न हाे हुन्छ जीत या त हार
चुनिने बेला हाे देशकाे अाधार ।
१९-११-२०१३

   "जागीर"

Thursday 5 June 2014

भरत अधिकारी

           भरत अधिकारी जीका केस्राहरु 

- भरत अधिकारी
तनहुँ,हाल- मलेसिया 
"जिन्दगी"

रोएर जान्छ रात
खादा साहुको वात

छ यो कस्तो जिन्दगी
पुर्पुरोमा छ हात

बित्दैछ कैयौ रात
भाग्यले गर्यो घात।

    "फटाह" 

Tuesday 3 June 2014

सहयात्री-समीक्षा:- अर्जुन काफ्ले

         "सहयात्री" संगको सहयात्रामा 

समीक्षक"- अर्जुन काफ्ले
मोरंग,हाल- मलेसिया 
       एका विहानै वजेको फोनको घण्टी उठाउ की नउठाउ भइरहेको थियो । स्क्रिनमा देखिएको नाम हेरेपछि फोन उठाए । फोन इश्वरी ढकाल सरले गर्नु भएको थियो । बिदाको विहान प्राय: अवेरसम्म नै सुत्ने बानी छ खास काम परेन भने । त्यो दिन पनि काम नभएकोले अबेर सम्म सुत्ने दाउ थियो । सरले आज 'केस्रा' को कार्यक्रम छ श्रम साप्ताहिकको तर्फवाट प्रतिनिधित्व गरिदिनु होला;व्योहोराको फोन गर्नु भएको थियो । निम्ता गरिएको कार्यक्रममा भ्याएसम्म पुग्ने बानी पारेको छु मलेसियामा । अलि अवेर पुगे कोताराया,हुन त म बसेको स्थानवाट करिव डेढ घण्टाको वसको दुरीमा छ केएल त्यस माथी त्यसै दिन विहानै पाएको सुचना पछ्याउदा पनि ढिलो हुन मेरो लागि सामान्य थियो ।