- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 5 June 2014

भरत अधिकारी

           भरत अधिकारी जीका केस्राहरु 

- भरत अधिकारी
तनहुँ,हाल- मलेसिया 
"जिन्दगी"

रोएर जान्छ रात
खादा साहुको वात

छ यो कस्तो जिन्दगी
पुर्पुरोमा छ हात

बित्दैछ कैयौ रात
भाग्यले गर्यो घात।

    "फटाह" 



औसिको रातमा देखाउछ जुन
फटाहका कुरा पताउछ कुन

जन्मिएकोछ जिम्मावालको छोरो
फुर्तिमा भन्छ पित्तललाई सुन

थाहा छैन कहिले देखिन्छ जुन
गाउँ भाड्छ सधै यो मकैको घुन।

"गरिवी" 

हातमा ठेला
म पढ्ने बेला

अशिक्षित भए
सबैको हेला

पारेर ठेला
साहुको मेला।

"नियति" 

वोकेर पोको
हिड्दैछु भोको

पैतला भरी
पारेर फोको

खाली छ पोको
मनको धोको।
३०-०५-२०१४

   "कुलत"

साईलीले उधारो दिएर
बसे एक डबका पिएर

पीडाले फाटेको दु:खी मन
शान्‍त भयो जाडले सिएर

हासी मन पेट नै दिएर
हिडे म उसलाई लिएर।
२६-०९-२०१३

No comments:

Post a Comment