- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 18 June 2014

अन्तर्वार्ता:- देश सुब्बा


      भयवाद:- नेपालीले विश्वलाई दिएको उपहार 

        भयवादका प्रतीपादक तथा साहित्यकार देश सुब्बा बि.सं.२०२२ सालमा नेपालको धरानमा हङकङ कर्म थलो बनाएई निरन्तर रुपमा नेपाली साहित्यलाई सोवा गरीरहेका छन् ।उनका दोसी कर्म (२०५०) अपमान(२०५२) सहिद(२०५६) र आदिवासी (२०६४) कृती प्रकासीत भैसकेका छन् । नेपाली साहित्यमा भयवादको चर्चा र परिचर्चा बड्दो छ । भयवाद सिक्किम बिस्वबिधालय स्नाकोतर तेस्रो बर्षको पाठ्क्रममा समेत समाबेस भईसकेको छ । उनै सर्जक सुब्बा भयवादको बिषयमा पशुपती अबिरल सँगको भलाकुसारी ।
भयवाद प्रवर्तक:- देश सुब्बा 

१. के हो भय वाद ?
> भयवाद जीवन र जगतलाई हेर्ने विचार हो । एउटा नयाँ आँखा हो । संसार त उही हो, जीवन पनि उही हो । रसियाका रुपात्मकवादी हेनेरी मातिसेले एउटा रातो कोठा बनाएको जस्तो । सधैँ एउटै कोठा हेर्दा हेर्दा हाम्रो जीवन सामान्यकरण भएको हुन्छ । बिहान उठ्यो, त्यही कुरा, दिउँसो त्यही कुरा । अनि नयाँपन दिन उसले कोठा नै सबै रातो पारिदिए । दर्शनमा पनि यस्तै रह्यो । त्यही जीवन र जगत्लाई नयाँ बनाउने नयाँ विचार हो भयवाद ।

२. भयवादको जन्म कसरी भयो ?

> आजभन्दा दशवर्ष अगाडि एउटा उपन्यास लेखेको थिएँ । त्यो पाण्डुलिपि मैले साथीहरूलाई हेर्न दिएँ । एकजना साथीले ‘भयवाद’ भन्ने शब्दमा रातो मसीले कोेरेर दिनुभयो । बुद्धको भाषामा भन्ने हो भने मलाई त्यो शब्द हेरेर ज्ञान प्राप्त भयो । भयवाद एउटा सुन्दर विचार हुन्छ भन्ने निष्कर्षमा पुगेँ । अनि त्यसमा अलि अलि काम गर्न थालेँ । साथीहरूसित छलफल गर्न थालेँ । यसरी भयवादको जन्म भयो । प्रारम्भमा यो कुनै विचार बन्लाजस्तो थिएन । अरुले बुझेको, सुनेको, प्रयोग गरेको जस्तै सामान्य अर्थमा लिने गरेको थिएँ ।

३. भयवादले कुन कुन क्षेत्र कसरी समेटेको छ ?
> भयले सिङ्गो जीवन र जगत् समेटेको छ । त्यसमा पनि विशेष साहित्य, कला, संगीत, समालोचना, चिकित्सा क्षेत्र, दर्शनलाई विशेष समेटेको छ ।

४. यहाँको दृष्टिकोणमा मानवमा कसरी भय पैदा हुन्छ ?
> भय गराउने ज्ञान हो । ज्ञानको स्रोत चेतना, इन्द्रिय, स—संकेतक प्रवृत्ति, शारीरिक बनौट सबैमा निर्भर गर्छ । फ्याटै २ र २ जोड्दा चार भएकोजस्तो हुँदैन । सतहमा त्यसो पनि हुन सक्छ, गहिराइमा हुँदैन । मैले भयवादमा सुत्र बनाएको छु । चेतनाले ज्ञान दिन्छ र ज्ञानले भय । यसले अल्मलाउन सक्छ । उस्तै लाग्छ चेतना, ज्ञान र भय । तर फरक छ । मृत्युको बारेमा थाहा पाउनु ज्ञान हो । थाहा पाएपछि भय हुन्छ । जुन उमेरसम्म मृत्युको बारेमा ज्ञान हुँदैन, तबसम्म मृत्यु भय हुँदैन ।

५. भयको समाधान कसरी गर्न सकिन्छ ?
> भयको समाधान बारेमा मैले भयवाद पुस्तकमा प्राथमिक र माध्यमिक उपचार बताएको छु । मानौ गाउँमा महामारी पैmलियो । अस्पताल छैन । गाउँलेहरू डर मान्न थाले । त्यो भयको समाधान भनेको स्वास्थ्य चौकी, अस्पतालको स्थापना हो । अस्पताल, डाक्टर हुनासाथ  भयको आधा समाधान हुन्छ । त्यसैले कुन किसिमको भय हो, त्यसमा समाधान निर्भर गर्छ ।

६. यस वादको बिस्तार र बिकास कसरी भैरहेको छ  ?
> राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने, छलफल गर्ने, पुस्तकहरू प्रकाशन गर्ने, लेखहरू लेख्ने काम हुँदैछ । २०६९ साल फागुनमा धरानमा उत्तर भारतका ५० अन्तर्राराष्ट्रिय स्तरका साहित्यकारहरू माझ भयवादमा छलफल भयो । असम भारतका रण काफ्लेले प्रत्येक महिना बसिबियाँलो मार्फत विभिन्न स्थान, विभिन्न राज्यमा गएर भयवादको कार्यक्रम गर्दै आएका छन् । जुलाई महिनामा मात्र उत्तर भारतको अरुणाचल प्रदेश, नागालैण्ड, मणिपुर, मेघालय, म्यान्मारमा कार्यक्रम भए । नेपाली, असमीस, मणिपुरी, खासी भाषामा भयवाद सम्बन्धी थुप्रै लेखहरू प्रकाशित भए, हुँदैछ । कार्यक्रमहरूमा बोलिन्दैछ । भयवादको नेपाली, अंग्रेजी पुस्तक छिटै प्रकाशित हुँदैछ । अझै विभिन्न, विश्वविद्यालय, विद्वान्हरूसित विमर्श गर्ने योजना छ । पत्रिका निकाल्ने योजना छ । २०१४ मै मेघालयको राजधानी सिलाङमा भयवादको भारत स्तरको कार्यक्रम हुँदैछ । यसरी नै दिनदिनै यसको विकास र विस्तार हुँदै गइरहेको छ ।

७. यस वादलाई नेपाली साहित्यको मुलधारको लेखन र चिन्तनमा कसरी प्रभावकारी  प्रयोग गर्न सकिन्छ ?
> यो एउटा वृहत आकार भएको दर्शन हो । यसलाई यसरी नै साहित्य, कला, संगीतमा प्रयोग गर्नुपर्छ भन्ने छैन । सबै सृजक, चिन्तकको आ—आफ्नै मौलिक शैली हुन्छ । मैले त आदिवासी उपन्यासमा प्रयोग गरेको छु । समालोचनामा प्रविण पुमाको हेच्छाकुप्पा नाटकमा मैले भयवादी समालोचना गरेको छु । यसको प्रयोग यसरी नै गर्दा हुन्छ जस्तो लाग्छ । अरुले पनि यसरी नै गरेका छन् ।

८. यसवादको बिस्तार बिकासको लागि थप योजना ?
> विशेष योजना त केही छैन । भयवादबारे काम गर्नु धेरै छ । विभिन्न मुलुकबाट निम्तो आइरहेको छ । चासो बढ्दै छ । प्रचारप्रसार, व्याख्या हुँदैछ । संस्था दर्ता गर्ने प्रक्रियामा छौँ । भयवाद अध्ययन केन्द्रलाई राम्रो संस्था बनाउने सोच छ । विश्वमा कसरी लिएर जाने यसबारेमा चिन्तनमनन गर्दै छु ।  आर्थिक स्रोत र साधन भयो भने भयवाद अध्ययन केन्द्र भयवादको ठूलो संस्था बन्न सक्छ । ढिलोछिटो हो विश्वको ध्यान तान्ने छ भन्नेमा हामी आशावादी छौँ ।

९. यस दर्शन बुझन र अध्ययन गर्न चाहने पाठकहरूले कसरी अध्ययन गर्न सक्छन् ?
> सामान्यतया पाठकहरूले भयवाद भन्दा ऐ पहिलेदेखि नै सुनेको, जानेको भन्ने गरेको पाइन्छ । तर त्यसो होइन । हिजो सुनेको भय सतही हो । भयवादमा व्याख्या भएको लम्बाइ, चौडाइ, उचाइ, यसको वर्तमान, भविष्य प्रभाव सबै भएको भय हो । यसलाई बुझ्न पहिला उत्सुकता जाग्नु पर्यो। ए जानेको हो, बुझेको हो भन्दै बसियो भने भयको वास्तविक ज्ञानबाट बन्चित हुन सकिन्छ । भयवादमा लेखिएको, बोलिएको पुस्तक, पत्रिका, लेख पढ्नु प¥यो र आफ्नो धारणा बनाउनु प¥यो । धारणा विना घोगियो भने भयवाद जान्न सकिन्दैन ।

१०. अन्त्यमा केही भन्नु हुन्छ की ?
> “भारतका धेरै विद्वानले भयवाद नेपालीले विश्वलाई दिएको उपहार हो” भन्नु हुन्छ । यो कुरा पहिलो पटक प्रा. डा. टंकप्रसाद न्यौपानेले धरानको राष्ट्र कार्यक्रममा भन्नु भएको थियो नेपालबाट । भारतका नेपाली गैर नेपालीले सक्दो सहयोग गरिरहेका छन् । नेपालका विद्वान्हरूको चासो कम छ । यसलाई सबै मिलेर हुर्काउने बढाउने काम गर्नुपर्छ । भयवादको सिद्धान्त आयो “यो देश सुब्बाले गरेको गरोस’ भनेर बसियो भने ठूलो मौका गुम्छ । यो विचार नेपाल चिनाउने विचार हो । यसमा कन्चुसाइ गरियो अरूले चोरेर लगे हामी हेरेको हेरेकै हुन्छौँ । यस्तो चिन्ता भारतका धेरै विद्वान्को छ, त्यसैले पुस्तक प्रकाशन गर्ने, वितरण गर्ने काम लागिरहेका छौँ । यसबारेमा सकारात्मक सोच सबैले राखे व्यक्ति, देश सबैलाई राम्रो हुन्छ ।
[साभार:- के छ खबर अनलाईन न्यूज   इटहरी, २०७१ असार २ गते http://www.kchhakhabar.com

No comments:

Post a Comment