- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 19 June 2014

दान राई 'झरी'

        दान राई 'झरी' जीका केस्राहरु 
- दान राई 'झरी'
उदयपुर,हाल-मलेसिया  

       "धोका"

न दियौ साथ न दियौ हात
देखाई आश गर्यौ नि घात

तोडेर मुटु दुखाई मन
छोडेर गयौ लगाई बात

समाई छाड्यौ यो मेरो हात
पिलाई गई मायाको मात 
०७-०४-२०१४

 "चेतावनी" 



चुनावी लहर छाएको बेला
पर्लौ है ! नेता जनताको फेला

कतिन्जेल अझै झुक्काउँछौ भन
होसियार बन लातले देला

भोट माग्दै तिमी आएको बेला
सबैको सामु होलाउ है मेला 
१८-१०-२०१३

   "धोकेवाज"

बद्लिएर तिमी दु:खायौ मलाई
यो जिन्दगीमा बज्रपात चलाई

लुट्यौ आज सबै मेरो हाँसो खुशी
विस्वासको घर हाँसेर ढलाई

दुनियाँ माझ एक्लो पारी मलाई
छाडी गयौ आज हृदय जलाई
०२-१२-२०१३

     "आग्रह"

पर्खाई मै बस्छु सुन्न तिम्रो बोली
तिमी भन्छौ संधै किन भोली भोली

छट्पटी मै बित्छ सारा रात दिन
प्रतिक्षाको घढी बन्दै छ है गोली

सुन्न पाउँ बिन्ति ! तिम्रो मीठो बोली
गुलाबी ति ओंठ सुस्तरी लौ खोली
२६-११-२०१३

   "वहाना"

वहाना सबको भिन्दा भिन्दै
भाँचेर डाली नै छिन्दा छिन्दै

मक्खै छिन कान्छी यो देखेर
हात भरी फूल लिंदा लिंदै

चाहना पोखियो भिन्दा भिन्दै
गुलावको फूल दिंदा दिंदै 
०३-०८-२०१३  

No comments:

Post a Comment