- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 26 June 2014

व्योम जी अवतार

     व्योम जी अवतार जीका केस्राहरु 
- व्योम जी अवतर
घोराही ,दाङ  

    "सपना"

टुत्यो उत्साहको आँकुरा
लाग्दा दुत्साहको माकुरा

गुज्रियो गुमस्यो भित्र नै
छुन नपाउने भो टाकुरा

टुट्दा सपनाको आँकुरा
बाँच्यो शिर पाउ पाखुरा ।

  "दर्द"



मुटूमा भएको पिलो
पाकेर झन भो हिलो

निको बनाउन खोज्दा
निकाल्नै सकिन किलो ।

दर्दनाक हुदै पिलो
उपचार गर्नै ढिलो ।

   "भाग्य"

पहिलो गास मै पर्यो ढुङ्गा
अनि दाँतसंगै झर्यो जुङ्गा

यो भाग्य पनि कस्तो रहेछ
गास र आसले गर्यो बुङ्गा

बगर भएछ भर्यो ढुङ्गा
न वार न पार लाग्यो  डुङ्गा ।

 "उपरान्त"

सेतो काँक्रो हरियो बाँसमा
थुक्दै लुक्दै नहेर्नु लासमा

अब उपरान्त के पो छ र !
रमाए पनि हुन्छ मासमा

हो उठाउँदा खेरि बाँसमा
तिमी भने लाग है खासमा।

  "तानातान"

सबैको आ-आफ्नो पारा
झार्छन मुखले तारा ।

को भन्दा को कम यहाँ
छ सिद्धान्तवाद नारा

खुट्टा तानातान पारा
यस्तै हो दुनियाँ सारा।
२४-०३-२०१४  

No comments:

Post a Comment