- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 28 June 2014

देशु सुब्बा “जिज्ञासु”

        देशु सुब्बा “जिज्ञासु” जीका केस्राहरु 

   "निस्ठुरी"
- देशु सुब्बा “जिज्ञासु”
पाँचथर,हाल- साउदी अरब
 

तिमीले बनायौ मलाई भावुक
आफ्नै दिलको धड्कन ढुक-ढुक

संगालेर राखेको चोखो मायामा
लत्यायौ अब छर्केर नुनचुक

अतितले बनाई राख्छ भावुक
राख्नेछु यादहरुको तमसुक ।
३१-०१-२०१४

   "फसाद"



अनयासै बिच्यायौ प्रेमको जाल
दुई मुटु नै जोड्ने जाली-रुमाल

कस्तो सम्बन्ध रच्यौ नि यतिखेर,
लोभिएँ देखेर नाटकिय ताल

पत्याएँ तिम्रो अब मोहनी जाल
हुने छैना मेरो बेवारिसे हाल ।
२१-०१-२०१४

    "समर्पण"

जिन्दगीभर नै तिम्रै लागि दास
भएँ पनि हुँला आफैं उठिबास

जब तिमी मरेतुल्य बनि ठान्छौ
यौटा प्राण भर्ने बनौला बतास

चिन्ता छैन आफुलाई बन्नु दास
झरी-बादल सहौंला बाह्रैमास।
०६-०१-२०१४

  "आह्वान"

आउ तिमी अब आउ यहाँ
सहयोगको खाँचो छ जहाँ

'एकता नै त बल हो' बिर्सि
जाँदै छौ है बाटो भुलि कहाँ ?

समस्याको हल हुन्छ यहाँ
जगाउनु छ है ईच्छा वहाँ ।
२०-१२-२०१३

   "याद"

मनभरी नै यादहरुको रास
बोकिरहेछु म अझ तिम्रै खास

हर रातको प्रहरहरु सितै,
खै किन हो बोकेर उड्छ बतास

मनोपटाङ्गिनीमा थुप्रीन्छ रास
उज्यालो मिर्मिरे सितै हुन्छ नाश।

No comments:

Post a Comment