- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 9 June 2014

राई रुमानी


         राई रुमानी जीका केस्राहरु

- राई रुमानी
उर्लाबारी,मोरंग हाल- मलेसिया
 
    "चुनाव"

कसैको जीत हाेला कसैकाे हार
बढ्दै हाेला धडकनकाे ज्वार

हारे जनता जीते देश निर्माता
कहाँ मिल्छ यस्ताे माैका बारबार

युद्ध न हाे हुन्छ जीत या त हार
चुनिने बेला हाे देशकाे अाधार ।
१९-११-२०१३

   "जागीर"



नखाउँ दिनभिरकाे शिकार
खाउँ कान्छा बाउकाे अनुहार

न जात न थर न त छ भर
यही कतिकाे जीवन अाधार

ई्ज्जत ईमानकाे हुन्छ शिकार
नाघेसी नैतिकताले संघार ।
३०-०९-२०१३

 "जीवन"

सधैंकाे हताराे
काम कै चटाराे

मान्छेकाे जीवन
साह्रै नै पसाराे

गर्दा नि हताराे
निखन्न भकाराे।
२५-०९-२०१३


  "मुसािफर"

अचानक अायाै गयाै झस्काएर
म दुखेको मुटुलाई चस्काएर

के थाहा यसरी अाएर जानेछाै
प्रेमामृत संजिवनी पस्काएर

ठीकै गर्याै मुसाफिर झस्काएर
कलेटी परेको मन मस्काएर ।
१५-०९-२०१३

     "अभिष्ट"

भो अब नबुन निर्दयी जालो
नधस अाफ्नै मुहारमा कालो

मेटेर मेटिदैन ईतिहास
यो युगले कोल्टो फेर्ने हो पालो

गाैंडा गाैडामा बिछाएर जालो
रित्तभर पनि सर्दैन खालो ।
१४-०९-२०१३

No comments:

Post a Comment