- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 10 July 2014

केहि केस्राहरु:-३ [२०१४]

खेमराज 'गाउँले',रूप रसाईली विश्वकर्मा  र सानु विस्मात जीका केस्राहरु 

 "सफलता" 

शिखर चुमेर बारम्बार
फैलियो चारैतिर प्रचार

मन पनि साह्रै चङ्गा भयो
भएपछि सपना साकार

मेहनत गरे बारम्बार
हुँदैन कहिल्यै पनि हार।
 ०१-०२-२०१४
- खेमराज “गाउँले”    
लिबाङ, रोल्पा 
 ###  ***  ###

 "किसान"



वचन नदेउ गरिबलाई
बाँचेको हुन्छ पसिना बगाई

मिर्मिरे बेला खलामा पुग्दछ
काँधमा हलो कोदाली समाई

सुनको बाला हातमा फलाई
रंगायो 'रूप' दुनियां देखाई।
०१-०२-२०१४
[प्रयुक्त केस्रामा "अल्पश्रुति अनुप्रास" को प्रयोग गरिएको छ। पहिलो अनुप्रास शब्द "गरिबलाई> 'लाई" / बगाई> गाई/ समाई>माई/ देखाई>खाई" मुख्य अनुप्रास हुन्छ ।यसर्थ पाँचौ हरफमा अनुप्रास शब्द "फलाई>को >"लाई" मुख्य अनुप्रास हो।जो पहिलो हरफको मुख्य अनुप्राससंग समान रहेको छ ।]
- रूप रसाईली विश्वकर्मा 
घान्द्रुक,कास्की,हाल-साउदी अरब 
###  ***  ###

  "बेइमान"

माथिबाट तल सार्यौ
तलबाट पनि झार्यौ

भरखरै फुल्न ला'थ्यो
फूल टिपेर नि मार्यौ !

हदै तल-माथि सार्यौ
अनन्त अलपत्र पार्यौ ।
०३-०८-२०१३
- सानु विस्मात  
खोटांग,हाल-यु.ए.ई.

No comments:

Post a Comment