- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 18 July 2014

सन्तोष माबुहाङ्ग 'अनसन'

     सन्तोष माबुहाङ्ग 'अनसन' जीका केस्राहरु 

- सन्तोष माबुहाङ्ग 'अनसन'
तेह्रथुम,हाल:- मलेसिया 
 'बेइमानी'

घात गर्छ बेइमानी
केहि नै नजान्ने ठानी

बेइमानीको चालले
हुन्छ मन पानी पानी

धोका दिन्छ बेइमानी
सधैं भरी जानी जानी l
०३-०७-२०१४

'पैसा'



हुदैन जात
अँध्यारो रात

सबैको प्यारो
फूलको पात

अप्ठ्यारो जात
मान्छेको भात l
०३-०३-२०१४

 'जून'

रातमा उदाउछ
दिनमा अस्ताउछ

घामको सहारामा
संसार हँसाउछ

पूर्णेमा उदाउछ
औंशीमा हराउछ l
०२-०३-२०१४

'जागिर'

खाने आधार
अन्न भण्डार

सानो र ठूलो
हुन्छ आकार

बाँच्ने आधार
राम्रो संसार l
०१-०३-२०१४

'राजनीति'

देश लुट्ने खेल
गर्दै जालझेल

सत्ता कब्जा गर्न
सधैं पेलापेल

नेता बास्ने खेल
छैन कैले मेल l
२८-०२-२०१४

No comments:

Post a Comment