- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 30 August 2014

डम्बर धिमाल 'प्रकृति'

     डम्बर धिमाल "प्रकृति" जीका केस्राहरु 

    "थोप्ला"

- डम्बर धिमाल 'प्रकृति'
उर्लाबारी,मोरंग, हाल- बहराइन
 
ठूला घरको ठुलै कुरा
नभन्ने बहसमा पूरा

जति उफ्रे पनि कुवा मै
भर्ने बेला बोक्या छु छुरा

जाल बुन्दैछ त्यो माकुरा
गन्दै मुल घरको धुरा ।
०२-०८-२०१४
[प्रयुक्त केस्राको पहिलो अनुप्रास " कुरा" पाँचौ हरफमा "अल्पश्रुति अनुप्रास " को मान्यता अनुसार "मा+कुरा भएको हो ]

   "खाउँ न"

Thursday 28 August 2014

रोमन पीडा

        रोमन पीडा जीका केस्राहरु 
- रोमन पीडा
पाँचथर 

   “भाग्य”

कर्म गरे भाग्य खुल्छ
भाग्यले जीवन फूल्छ

भाग्यको भरोसा गरी
परिश्रम गर्न भूल्छ

एक दिन सबै खुल्छ
कर्मसगै भाग्य डूल्छ।
२२-०५-२०१४

   'कैदी'

Tuesday 26 August 2014

सी.पी. लिबांग

        सी. पी. लिबांग जीका केस्राहरु 
- सी .पि. लिबांग  
ताप्लेजुंग ,हाल- साउदी अरब
 

 “आग्रह”

लजाएर भाग्छौ पर पर
दिलमा सजाई सकें तर

सगै बसी मीठो कुरा गरौँ
आफ्नो ठानी अलि वर सर

त्यसरी नजाउ तिमी पर
मेरो आफ्नो हौ अरु को छ र !
२४-०८-२०१४

   “चरित्र’

Saturday 23 August 2014

केहि केस्राहरु:- ४ [२०१४]

       काप्पोवा चुम,विष्णु न्यौपाने र निर्मल विकल जीका केस्राहरु 
  
काप्पोवा चुम
मोरंग,हाल- मलेसिया
"डोलि" 

बोलेर मिठो बोलि
बसेर दिल खोली

मनले मन चुम्यो
बनाए प्रेम चोली

मायामा बैंश बोलि
बनाए प्रेम डोलि ।
०५-०६-२०१४




###  ***  ### ****   ###  ****   ####


Thursday 21 August 2014

मौलश्री लिम्बू

             मौलश्री लिम्बू जीका केस्राहरु

"मनोवृत्ति "
- मौलश्री लिम्बू
झापा,हाल- पेराक,मलेसिया 

मान्छेभित्रै एक राक्षस हुन्छ
त्यसले सधैं षड्यन्त्र बुन्छ

भंगालोमा पार्छ कुनै दिन
जसले उसको कुरा सुन्छ

आत्मविश्वास कम्जोर हुन्छ
तव त मौका नगुमाई चुन्छ।
३०-०७-२०१४

  "प्रवृत्ति"

Saturday 16 August 2014

राज आङ्देम्बे 'सहयात्री'

         राज आङ्देम्बे 'सहयात्री' जीका केस्राहरु 

-राज आङ्देम्बे 'सहयात्री'
पाँचथर,हाल-मलेसिया
 
   "समर्पण"

बिन्ती यसरी नहेर सुलोचना
गरे जस्तो हार्दिक समवेदना

म केवल तिम्रै प्रेम पुजारी हूँ
तिमी मेरो पूजा अनि आराधना

तिमी मै समर्पित छू सुलोचना
नदेउ बिन्ती छ कठोर यातना।
 १५-०८-२०१४

    "कर्तव्य"

Wednesday 13 August 2014

बहुभाषिक:- लक्ष्मीमाङ्ग चेम्जोंग

    लक्ष्मीमाङ्ग चेम्जोंग जीका केस्राहरु 

[उल्लेखित केस्राहरु लिम्बू भाषा मै पहिलो पटक लेखिएको हो।केस्रा सर्जकलाई हार्दिक शुभकामना साथै बधाई छ । -केस्रा लेखन मञ्च ]


- लक्ष्मीमाङ्ग चेम्जोंग
पाँचथर,हाल - मलेसिया 
"आनी ?"

ना ?मारो आल्ल थि थुङ्मा
मसिङ्माआङ् सेन्लेन् चुङ्मा

आसिआङ् ते ?मा थे वाबे
केवाचा तुक्तुम्लो लुङ्मा

आल्लग लेरुम्लो थुङ्मा
मेनु ?नेन् फेन्ईत् युङ्मा ।
१५-०५-२०१४
[लिम्बू भाषामा लेखिएको पहिलो केस्रा]

अनुवाद> "हामी"

Monday 11 August 2014

विमर्श:- सगुन सुसारा

                       केस्रा सिर्जना र विमर्श 

        नेपाली साहित्यमा विभिन्न प्रयोगहरू भइरहेका छन् । प्रयोगहरू कुनै वादको रूपमा र कुुनै लेखनको रूपमा स्थापित हुदै छन् । गजल, ताङ्का, हाइकू, चोका, सेदोका, रुवाईयातहरू संरचनाको हिसाबले नयाँ लेखनको रूपमा भित्रिएका हुन । यी विधाहरू नेपाली माटोमा जन्मेको भने होइन् । कुनै पनि साहित्यका विधाहरूको आफ्नै संरचना हुन्छन् । विधानमा बाँधिएर लेख्नु त्यसको अनिवार्यता हो । यसले नेपाली साहित्यलाई बृहत बनाउन सहयोग पुग्ने छ । यसैको मेसोमा केस्रा लेखन जन्मिएको छ । केस्राले मलेसियाामा जन्म पाउयो । चर्चा र लेखन चाँही नेपाली लेखकहरूले नै गरे । नेपाली स्रष्टाहरूबाट नै केस्राका प्रवर्तन हुन । केस्रा २०६८ सालमा घोषणा—पत्रसहित नयाँ संरचनाको प्रस्ताव लिएर आएको हो । घोषणा—पत्रमा केस्रालाई यसरी परिभाषा गरिएको छ:-
समीक्षक- सगुन सुसारा
फिदिम,पाँचथर
 
      ‘यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण बिषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो ।’
        माथिका परिभाषा पहिलो परिभाषा घोषणा—पत्रमा गरिएको हो भने बाँकी दुई परिमार्जित लेखमा भएका हुन । यीनीहरूको निष्कर्ष छ कुनै बिषयवस्तुको खण्ड, अंश वा भागको पक्षमा लेख्नु नै केस्राको मुख्य अभिप्राय हो । साहित्यमा लेखिने यी अंश, खण्ड र भागले पाठकलाई कति सन्तुष्टि दिन सक्छ त्यो त आगतलाई मात्र थाहा छ । हामी त्यसको उपभोक्ता बन्न सक्छौं या सक्दैनौं त्यो पनि समयले नै दिने छ । विचारहरूमा फरकता आउन सक्छ । यो विविधतामा हामी रमाउँछौं । अर्थात यसो हुनु भनेको हाम्रा विचारहरूमा अझ निखारता आउनु हो । केस्रा तीन प्रकारको हुने पनि प्रस्ताव गरिएको छ । यीनीहरूको संरचनाको बारेमा पनि राम्ररी सुत्रहरू सिर्जना गरिएको छ । जस्तो:-
१) आकृति केस्रा:- उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा अनुप्रासको

Saturday 9 August 2014

राई रुमानी

           राई रुमानी जीका केस्राहरु 

- राई रुमानी
उर्लाबारी,मोरंग,हाल-मलेसिया
 
   "सहिद"

अँध्याराे हटाउने प्रण गरे
सधैं उज्यालाेकाे सन्देश छरे

अमर सपुतहरु तिनै हुन्
जाे अाफ्नै मुलुकको लागि मरे

नयाँ युग सिंगार्न क्रान्ति गरे
माटाेमा रगतकाे रंग भरे ।
३०-०१-२०१४

   "ऐना"

Wednesday 6 August 2014

भरत अधिकारी

         भरत अधिकारी जीका केस्राहरु 
- भरत अधिकारी
तनहुँ,हाल- क्वालालम्पुर,मलेसिया
 

"ऋण"

भाका नाघ्दा साहुको
खान थाल्यो टाउको

दु:खमा साथ पाइन्न
छिमेकि र गाउँको

ऋण खादा साहुको
गालि दिन्छ बाृउको।
३१-०५-२०१४

"असफल"

Monday 4 August 2014

भयवादबारे केही भनाइ

        भयवादबारे केही भनाइ
      विचारहरूको महाजंगलमा भेला भएका छौँ आज । सबैसित आ-आफ्ना जीवित विचारहरू छन् । यही जंगलमा अंकुरित विचार हो भयवाद । भयवादलाई यहाँसम्म ल्याउन यहाँहरू सबैको ठूलो सहयोग छ । त्यसको लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
     आजको यस कार्यक्रमलाई मैले गौरवशाली डायास्पोरिक कार्यक्रम मानेको छु । डायास्पोराको जीवनशैली, विचार र साहित्यमा यसको अति ठूलो महत्व रहने छ । यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई पनि आफ्नो विचार राख्ने अनुमति दिनु भएकोमा आयोजक मित्रहरूलाई धन्यवाद दिन चाहान्छु । यसले डायास्पोराको विचारको उचाइ समातेको छ । डायास्पोराको नेपालीले पैसाको खेती मात्र गर्छन् भन्ने विरुद्धमा यो गतिलो जवाफ भएको छ । अब म संक्षिप्तमा भयवाद राख्न चाहान्छु ।

    भयवादको धारणा विकास हुन थालेको पनि एक दशक हुन लागेको छ । विश्वका दर्शन, साहित्यले सह्रशताब्दी, दुइसह्रशताब्दी मनाउँदै छन् धमाधम यसबेला । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ-हङकङ, काठमाण्डौँ र धरानमा विमर्श, छलफल हुँदै । छोटो अवधिमा राष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ गतिशीलता देखाउँछ । यो सकारात्मक पक्ष हो । यो सबैको जीवनमा सधैँ आइपर्ने स्थायी चेतना हो । जीवन यसैको चालमा चल्दछ । कतिपय अवस्थामा यसले

Sunday 3 August 2014

नन्द कोयी राई

      नन्द कोयी राई जीका केस्राहरु 
- नन्द कोयी राई
खोटांग,हाल-कतार  

    "वाध्यता"

मरूभुमीको यो चर्को घाम
ज्यानै मारी गर्नु पर्दा काम

सोध्छन् है ! के छ हाल खवर
ढाँटेर भन्छु म छु आराम

सहनु पर्छ गर्मी र घाम
न त मिल्छ भने जस्तो दाम ।
११-०५-२०१४

  "विवसता"