- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 3 August 2014

नन्द कोयी राई

      नन्द कोयी राई जीका केस्राहरु 
- नन्द कोयी राई
खोटांग,हाल-कतार  

    "वाध्यता"

मरूभुमीको यो चर्को घाम
ज्यानै मारी गर्नु पर्दा काम

सोध्छन् है ! के छ हाल खवर
ढाँटेर भन्छु म छु आराम

सहनु पर्छ गर्मी र घाम
न त मिल्छ भने जस्तो दाम ।
११-०५-२०१४

  "विवसता"



सेत्तै हिउँ फुल्ने गाउँ
मैले हाँस्दै खेल्ने ठाउँ

छोडेर आएँ प्रवासमा
बोकी दु:ख मास्ने दाउ

सम्झँदा त्यो प्यारो गाउँ
बल्झिन्छ बछोडको घाउ।
१०-०४-२०१४

    "घात"

नौलो माया उतै साटेर
टाढा भयौ डाँडै काटेर

सँगै जीउने बाचा तोडी
गयो निष्ठुरीले ढाँटेर

धनसँग तन साटेर
अन्तै घरबार आँटेर ।
३१-०३-२०१४

      "चाहना" 

भन अन्माई लैजाउँकी डोलीमा
भरी दिउँकी माया तिम्रै झोलीमा

साँच्चै माया गर्छु तिम्रै भर पर्छु
लठ्ठै भएँ म जादु तिम्रो बोलीमा

सजिएर कस्ति देखिन्छौ डोलीमा
दुलहीको भेषमा घुम्टो चोलीमा ।
१२-०३-२०१४

    "मानवता" 

तिमीले पिउने मुलको
जन्मेर हुर्केको कुलको

बखान छोड कुरा गर
मानवता जोड्ने पुलको

सबैको त्यो साझा मुलको
पंधेरी धाउँने हुलको  ।
०५-०३-२०१४ 

No comments:

Post a Comment