- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 11 August 2014

विमर्श:- सगुन सुसारा

                       केस्रा सिर्जना र विमर्श 

        नेपाली साहित्यमा विभिन्न प्रयोगहरू भइरहेका छन् । प्रयोगहरू कुनै वादको रूपमा र कुुनै लेखनको रूपमा स्थापित हुदै छन् । गजल, ताङ्का, हाइकू, चोका, सेदोका, रुवाईयातहरू संरचनाको हिसाबले नयाँ लेखनको रूपमा भित्रिएका हुन । यी विधाहरू नेपाली माटोमा जन्मेको भने होइन् । कुनै पनि साहित्यका विधाहरूको आफ्नै संरचना हुन्छन् । विधानमा बाँधिएर लेख्नु त्यसको अनिवार्यता हो । यसले नेपाली साहित्यलाई बृहत बनाउन सहयोग पुग्ने छ । यसैको मेसोमा केस्रा लेखन जन्मिएको छ । केस्राले मलेसियाामा जन्म पाउयो । चर्चा र लेखन चाँही नेपाली लेखकहरूले नै गरे । नेपाली स्रष्टाहरूबाट नै केस्राका प्रवर्तन हुन । केस्रा २०६८ सालमा घोषणा—पत्रसहित नयाँ संरचनाको प्रस्ताव लिएर आएको हो । घोषणा—पत्रमा केस्रालाई यसरी परिभाषा गरिएको छ:-
समीक्षक- सगुन सुसारा
फिदिम,पाँचथर
 
      ‘यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण बिषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो ।’
        माथिका परिभाषा पहिलो परिभाषा घोषणा—पत्रमा गरिएको हो भने बाँकी दुई परिमार्जित लेखमा भएका हुन । यीनीहरूको निष्कर्ष छ कुनै बिषयवस्तुको खण्ड, अंश वा भागको पक्षमा लेख्नु नै केस्राको मुख्य अभिप्राय हो । साहित्यमा लेखिने यी अंश, खण्ड र भागले पाठकलाई कति सन्तुष्टि दिन सक्छ त्यो त आगतलाई मात्र थाहा छ । हामी त्यसको उपभोक्ता बन्न सक्छौं या सक्दैनौं त्यो पनि समयले नै दिने छ । विचारहरूमा फरकता आउन सक्छ । यो विविधतामा हामी रमाउँछौं । अर्थात यसो हुनु भनेको हाम्रा विचारहरूमा अझ निखारता आउनु हो । केस्रा तीन प्रकारको हुने पनि प्रस्ताव गरिएको छ । यीनीहरूको संरचनाको बारेमा पनि राम्ररी सुत्रहरू सिर्जना गरिएको छ । जस्तो:-
१) आकृति केस्रा:- उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा अनुप्रासको
प्रयोगमा लेखिएको केस्रा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोगबिना स्वछन्द लयमा लेखिने छ ।
संरचना:-
क ख ग घ अ 
ङ च छ ज आ 

झ ञ ट ठ ड 
ढ ण त थ इ

द ध न प अ 
फ ब भ म ई
२) आवृति केस्रा:- अनुप्रासका अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफमा कुनै शब्दलाई दोहोर्याएर लेखिएको केस्रा । यसलाई एउटा शब्द र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिने छ । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग बिना स्वछन्द लयमा लेखिने छ ।
संरचना:-
क ऋ ख ग अ 
घ ऋ ङ च आ 

छ ज झ ञ ट 
ठ ऋ ड ढ इ 

ण ऋ त थ अ 
द ऋ ध न ई 
३) अलङ्कार केस्रा:- वैज्ञानिक ढङ्गले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरी लेखिने छ । केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।

      यी संरचनालाई हेर्दा केस्राको आफ्नै अस्तित्व छ । त्यसो त केही विधाको संरचनासँग केही नजिक जस्तो लाग्नु स्वभाविक हो । कुनै सिर्जनाको पुरक नै हो अर्को । समकक्षी हुनुमा नै यसको सौन्दर्य झल्किन्छ । तर त्यही ड्याङमा हाल्नु राम्रो होइन । संसारका हरेक मान्छे (जाति) उस्तै त हुन नि । कुनै काला होलान ? कुनै गोरा होलान ? कुनै थेप्चो होलान ? कुनै चुचे होलान ? के ती सबै मान्छे होइन ? सायद केस्रामा पनि यही विशेषता छ । केस्रा भाइचारको संस्कारका लागि पनि आएकोमा दुईमत छैन । बाँकी भाग हाम्रै हो । २०७० साल पौष २० गते पाँचथरमा केस्रा लेखनको बारेमा विमर्श भयो । मैले माथिका कुरा नै राखेको छु । त्यस भन्दा फरक शिर्षकको कुरा पनि उठेको छ । केस्रा प्रवक्ता दिलिप सगर जीले भन्नु भो ‘शिर्षक’ले केस्राको सार्थकता दिन्छ । मेरो भनाई के थियो भने कुनै पनि रचनाको विश्लेषण धेरै तरिकाले गर्न सकिन्छ । तर केस्रामा कुनै एक पक्षको मात्र एक भागको कुरा गरिन्छ भन्ने छ । लेखिएका केस्राहरू हेर्दा त्यस्तो पाइन्दैन । शिर्षक त नाम हो । कुन केस्रा हो भनेर छुट्याउने मात्र हो । हामीले शिर्षकबाट रचना बुझ्ने गर्दैनौं । त्यसको भित्रको कुरामा हामी सबै कुरा खोजी बस्छौं । शिर्षकमा होइन । एउटा कुरा केस्राको घोषणा—पत्रमा शिर्षकको कुरा गरे पनि प्रष्ट रूपमा आएको छैन । नाम राख्न चाँही पर्छ भन्ने मात्र छ । पछिल्लो लेखमा भने त्यसको प्रष्ट रूपमा कुरा गरिएको छ । त्यहाँ यस्तो लेखिएको छ:-
  "केस्रा विधाका लागि शिर्षक आधारभूत तत्व हो । विषयवस्तुको चयनसँगै शिर्षकोक प्रमुख भूमिका रहन्छ । सकेसम्म छोटो, प्रभावकारी साङ्केतिक भावमा वा ‘विश्राम’को भावलाई प्रतिनिधित्व गर्न सक्ने शिर्षक छनौट गर्नु पर्दछ । शिर्षक एक विषयवस्तुको समष्टि रूप हो भने हरफहरू उक्त विषयवस्तुको प्रमुख एक पक्षको उद्गार हो । एक विषयमा केन्द्रित रहेर त्यसका विविध पक्ष वा मानवीय संवेगको पहिचान गरी सिर्जना गर्नु पर्ने भएकोले केस्रामा शिर्षकको अनिवार्यता छ ।" 
     यहाँ के पनि भनिएको छ भने विश्रामको भावलाई प्रतिनिधित्व गर्न सक्ने शिर्षक छनौट गर्नु पर्दछ । यसले अरूलाई सहायक मात्र मानेको मान्नु पर्ने देखिन्छ । साहित्यमा कुनै यो भाग प्रमुख हो भन्ने नै पनि रहँदैन । प्रथम कुरा पाठकका लागि हो सिर्जना । केस्राको तीनै भाग (हरफ) के उत्तिकै संवेदनशील हैन र ? के एउटाको अनुपस्थितिमा अर्को पुरा हुन सक्छ ? यो पनि विचारणीय कुरा भन्ने मानेको छु—व्यक्तिता । बाँकी विमर्शहरू गर्दै जान पनि पर्ने हुन्छ ।
sagunsusara@gmail.com

No comments:

Post a Comment