- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 21 August 2014

मौलश्री लिम्बू

             मौलश्री लिम्बू जीका केस्राहरु

"मनोवृत्ति "
- मौलश्री लिम्बू
झापा,हाल- पेराक,मलेसिया 

मान्छेभित्रै एक राक्षस हुन्छ
त्यसले सधैं षड्यन्त्र बुन्छ

भंगालोमा पार्छ कुनै दिन
जसले उसको कुरा सुन्छ

आत्मविश्वास कम्जोर हुन्छ
तव त मौका नगुमाई चुन्छ।
३०-०७-२०१४

  "प्रवृत्ति"



बाँदरले घर चै बनाउदैन
लाग्दो हो बस्नलाई सुहाउदैन

जव अरुको बन्दै गरेको देख्छ
दाँत नकिटि चित्त बुझाउदैन

सामान दिए पनि बनाउदैन
अरुको खुबीलाई पत्याउदैन।
१९-०७-२०१४

   "कारोबार"

घोर निन्द्राबाट बल्ल जाग्दैछु
ब्युँझिएर वाध्य भई भाग्दैछु

दुनियाँको दस्तुर उल्टो पो रै'छ
ईमानको ताल्चा ठोकेर लाग्दैछु

अगुल्टोले लागेपछि जाग्दैछु
कसैले औला दिए हातै माग्दैछु।
०५-०७-२०१४

    "प्रतिफल"

जोमा हिम्मतको किरण हुन्छ
उसलाई सफलताले नै चुन्छ

जोश जाँगर लिएर बढेमा
असफलताले आफै ढोका थुन्छ

जो मान्छेमा आत्मा विश्वास हुन्छ
उसैले खानु अघि सिस्नु छुन्छ ।
०३-०५-२०१४

No comments:

Post a Comment