- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 26 August 2014

सी.पी. लिबांग

        सी. पी. लिबांग जीका केस्राहरु 
- सी .पि. लिबांग  
ताप्लेजुंग ,हाल- साउदी अरब
 

 “आग्रह”

लजाएर भाग्छौ पर पर
दिलमा सजाई सकें तर

सगै बसी मीठो कुरा गरौँ
आफ्नो ठानी अलि वर सर

त्यसरी नजाउ तिमी पर
मेरो आफ्नो हौ अरु को छ र !
२४-०८-२०१४

   “चरित्र’



असल मान्छेको चरित्र
हुन्छ स्वच्छ अनि पवित्र

मान्छे गरिब भए पनि
दरिद्रता हुन्न उ भित्र

राम्रो भयो भने चरित्र
सत्रु पनि बन्ने छ मित्र।
२३-०८-२०१४

 “चुडेल्नी”

उडी आउँछु हावा सरी
हाँसौ रमाउ रात भरी

जब बिहानी हुन्छ अनि
जान्छु आउने वाचा गरी

हुन्छौ तिमी पागल सरी
मेरो मायाँ जालमा परी।
१७-०८-२०१४

   "अठोट"

म आफ्नै संसारमा रमाउँछु
मीठो मीठो सपना सजाउँछु

कहिले कहिँ निराशता छाए
आशाको दीयोहरु जलाउँछु

आफ्नै परिवेशमा रमाउँछु
कल्पनै कल्पनामा हराउँछु।
२८-०७-२०१४

 “आश" 

जबसम्म हुन्छ सास
तबसम्म लाग्छ आश

आशै आशमा बस्नेहरु
हुन नपरोस् निरास

मान्छेको हुन्जेल सास
रहोस् मायाँको आभास।
२०-०७-२०१४

No comments:

Post a Comment