- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 16 August 2014

राज आङ्देम्बे 'सहयात्री'

         राज आङ्देम्बे 'सहयात्री' जीका केस्राहरु 

-राज आङ्देम्बे 'सहयात्री'
पाँचथर,हाल-मलेसिया
 
   "समर्पण"

बिन्ती यसरी नहेर सुलोचना
गरे जस्तो हार्दिक समवेदना

म केवल तिम्रै प्रेम पुजारी हूँ
तिमी मेरो पूजा अनि आराधना

तिमी मै समर्पित छू सुलोचना
नदेउ बिन्ती छ कठोर यातना।
 १५-०८-२०१४

    "कर्तव्य"



साथी मेरो पूरानो घर टाल्दैछू
अब पहिचानको दीप बाल्दैछु

भासेको थियो बदनामी खाल्डोमा
पुन:पर्खाल लाएर उचाल्दै छू

उहीं भत्केको घरलाई टाल्दैछू
आफ्नो कर्तव्य सम्झेर सम्हाल्दै छू।
०८-०७-२०१४

     "बेखबर"                

न मेरो चिठ्ठी को रिप्लाई दिन्छौ
न त अनलाइन मै देखिन्छौ

एक्कासी बेपत्ता भयौ सोक्पेनी
न स्काइप र याहू मै भेटिन्छौ
                                                 
मन चोरी लग्यौ न फिर्ता दिन्छौ
सम्झना बनेर सधैं छल्किन्छौ ।
२१-०६-२०१४ 

No comments:

Post a Comment