- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 15 September 2014

देशु सुब्बा 'जिज्ञासु'

          देशु सुब्बा 'जिज्ञासु' जीका केस्राहरु 

    "झरी"
- देशु सुब्बा 'जिज्ञासु'
पाँचथर,हाल- साउदी अरब 

सिमसिम पर्दैछ साउने झरी
यहाँँ बर्षिन्छ सधैंं झैं मनपरी

कसैलाई काखा र पाखा गर्दैन
सबैलाई भिजाउंछ निथ्रुक्क गरी

समयले ल्याउंछ मौसमी झरी
हरेक साल दोहोरिन्छ यसरी ।
२५-०७-२०१४


    "बेचैनी"

अनयासै बिथोलिन्छ स्थिर मन
निरीह भई आफ्नै बिचल्लिपन



पागलसरि मदहोशिमा डुब्दै
कल्पनाको सागरमा झनझन

किन भएछ? यस्तो छट्पट्टि मन
टोलाए देखेर साथि-संगिजन ।

    "प्रवाशी"

कर्मले भएछु यता म प्रवाशी
गाँउघर सम्झन्दै आज उदासी

अतृप्त सपनाहरुको जोहोमा
मरुभुमि कुल्चन्दै बनेर प्यासि

निस्ठुरी हे दैव!बनायौ प्रवाशी
गुज्रन्दै दिनहरु बनि खलासि ।

   "बुढेशकाल"

कस्तो यो दुई दिनको जिन्दगानी
कम हुदै जादै छ यहाँ जवानी

समयको प्रहरहरु सितै पो
बैंशले बगाउंदै छ धेरै पानि

सूर्यास्त जस्तै ढल्किंदो जिन्दगानी
अन्तत: बनाउदै आफ्नै कहानी ।
 ०८-०२-२०१४

    "अर्धचेत"

रोएको भनौं अथवा हाँसेको
मरेको भनौं अथवा बाँचेको

केवल थाहा छ त आफैंलाई
बाँच्नलाई ढुकढुकी साँचेको

बेहोशीमा जवर्जस्ति हाँसेको
मर्नु र बाँच्नु मै नाता गाँसेको ।

No comments:

Post a Comment