- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 17 September 2014

नाना रोदुङ्

              नाना रोदुङ् जीका केस्राहरु 

      "विवश"
- नाना रोदुङ्
खोटांग,हाल-इजराल 

मेरो मौनतामा कमजोरी ठान्यौ
त्यसैले म माथि सिधै तिर हान्यौ

अब मैले आगो ओकल्नु पर्ने भो
बुझ्ने छौ तब कुन चै मार्ग छान्यौ

मैले मायाँ गर्दा लाचारी नै ठान्यौ
मेरो हात पाउ बाँध्न मात्र जान्यौ ।
३१-०८-२०१४

   "निर्ममता"

ढले बासस्थानहरु  ढिस्कोसरि
झरे ति आँशुका धारा बरबरि


निर्ममतापूर्वक निर्दोष मरे !
भकानियो मन नरोकिने गरि

आकाश पनि रोयो आज बेस्सरि
निर्धो मारि के प्रात्ति हरि न भरि !

    "बिडम्बना"

भुमिबाट बहिस्कृत सर्बहरा
रगतले पोत्यो भुमि कठैबरा !

आफ्नै माटोमा माटो खोजिनु पर्दा
पस्यो छाति भरि बारुद र छर्रा

छैन कुनै गाँस बास सर्बहरा
लुटिएर गए सबै हराभरा  ।

     "अनुरोध"

बोल्नै पर्छ भने साँचो सत्य बोल्दे
जाल झेल अनि चुक्लि सबै  पोल्दे

नफैलियोस् यो अमानविय हिँसा
चाँडै नै शान्ति र सद्भावना  घोल्दे

ईतिहास तैँले सत्य कुरो बोल्दे
दया राखेर न्यायको ढोका खोल्दे।
२०-०७-२०१४

      "होसियार"

सारथि हाँक्नेहरु छ सराबमा
हेर अबस्था यहाँ छ बर्बादमा

माझि-माझी बिचको ति झगडाले
कोशीको बाँध आज छ धरापमा

सज्जनहरु आज छ सराबमा
आफ्नै घर अरुको छ प्रभुत्वमा ।
२६-०६-२०१४

No comments:

Post a Comment