- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 20 September 2014

बजिन लिम्बू

           बजिन लिम्बू जीका केस्राहरु 


"गोठालो"
- बजिन लिम्बू
भारपा-३,पाँचथर,हाल- मलेसिया 

कहिले जान्छु म ओरालो
कहिले जान्छु म उकालो

यो जीवन गुजार्नलाई
गर्दै छु अरुको खेतालो

बाँच्नलाई हिड्दै भिरालो
वन-पाखा गर्दै गोठालो।
११०९२०१४

  “जीवन"

यो कस्तो हो जीवन मेरो
किन भयो यत्ति अधेरो

कत्ति गर्नु जीवन यात्रा

यत्तै फेरो उत्तै नि फेरो

नफक्रिएको जीवन मेरो
ओईलीएरै गयो खेरो।
०७-०९-२०१४

  "जिन्दगानी"

रमाईलो लाग्छ यो जिन्दगानी
कहिले घाम त कहिले पानी

धर्ति आकाशसंगै रमाउदा
प्यारो लाग्छ यही स्वर्ग भन्दा नी

साच्चै नै मजाको छ जिन्दगानी
बाच्छु सधै भरि दु:ख नमानी।
२४-०७-२०१४

  "साली"

दाईको आफ्नै साली
सांच्चै नै दिलवाली

जवानीले छपक्कै
रै छ सिंउदो खाली

मेरो दाईको साली
लान्छु सिंदुर हाली।
२४-०७-२०१४

No comments:

Post a Comment