- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 7 September 2014

कृष्ण लिम्बू

              कृष्ण लिम्बू जीका केस्राहरु 

- कृष्ण लिम्बू
फिदिम,पाँचथर 
"गुनासो"

आफ्नै स्वार्थ भरिस्
न त धर्ती झरिस्

यस्तै भने ईश्वर
सृष्टि किन गरिस्

मेरो आँसू भरिस्
झनै टाटा तरिस्।
०८-०४-२०१४

  "सन्देश" 



भन्नु हुन्थ्यो मेरो बाउ
लिन्छे आमा तिम्रै नाउँ

चाडै फर्कि आउँ छोरा
सम्झि आफ्नै घर गाउँ

जन्म दिने आमा बाउ
सम्झि छिट्टै फर्कि आउँ।
०७-०४-२०१४

   "जून"

हो ! शीतल ज्योति छर्दै
पूर्णि तिथि सँगै सर्दै

खुसेर आयौँ ए जून !
अँधेरीमा गुन भर्दै

अँधेरीमा ज्योति छर्दै
आयौ औँशी रात तर्दै।
०६-०४-२०१४

   "मोल"

मनले मूल्य गरेकै जस्तो
पाईन्दैन यहाँ केही सस्तो

सारा जीवन बेचेर पनि
किन्न धाऊँ धाऊँ हुने कस्तो

आफूले मोल गरे कै जस्तो
नहुने कैले सृष्टि नै यस्तो।
०५-०४-२०१४

  "अपमान" 

दीनको कोई छैन आज
धनकै मात्र हुन्छ काज

बीर कुल्चि जनता लुटी
भ्रष्टाचार कै चल्छ राज

अटल गीरी सबै आज
ढल्दै बोकि मनमा लाज।
०९-०३-२०१४ 

No comments:

Post a Comment