- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 9 September 2014

केहि केस्राहरु:- ५ [२०१४]

     रुप रसाइली,व्योम जी अवतार र सागर सिलवाल जीका केस्राहरु 

“शुभकामना"

लाली छर्दै उदाउ
गाउँ बस्ती ब्यूँझाउ

द्वन्द साम्य पारेर
शान्ति दिप जलाउ

नयाँ रुपमा उदाउ
मेरो स्वप्ना बचाउ।
१०-०५-२०१३
- रुप रसाइली 
धान्द्रुक,कास्की 
 ###  ***  #### **** ###

   "कलम"



बिर्सेर छोडेपछि डिका
हरायो कलमको शिखा

आफ्नै औकात नै भुलेर
लगाउँदा रक्तको टीका

बाङ्गो र टिङ्गो लाग्दा डिका
हो मसी पनि भयो फिका ।
२४-०३-२०१४
- व्योम जी अवतार 
घोराही,दाङ 
###  ***  ###  ***  ###

 "प्रायश्चित"

माया गर्न जाने मीठो हुन्छ
भावनाले मुटु भित्रै छुन्छ

जानी जानी खेल्नेहरु यहाँ
पश्चात्ताप गर्दै गर्दै रुन्छ

गल्ति सुधार्दा सुधार हुन्छ
प्रायश्चितले बिकार धुन्छ।
१२-१२-२०१३
- सागर सिलवाल 
यु.के.

No comments:

Post a Comment