- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 5 October 2014

जीरन थुलुङ 'सङ्कल्प'

      जीरन थुलुङ 'सङ्कल्प' जीका केस्राहरु 

 "पीडा"  
जीरन थुलुङ 'सङ्कल्प'
फिदिम,पाँचथर,हाल-कतार 

अस्तुहरु हटेनन्
घातीहरु पटेनन्

घातसंगै त्यो आँशु
धेरै बेर अटेनन्

दोषहरु हटेनन्
र त पीडा घटेनन्
२२-०६-२०१३

  “दु:ख”

टुक्रिएछ जिन्दगी धुजा हुँदैछु
खोटो रै'छ भाग्य नै र त रुँदैछु



दु:ख माथि दु:ख नै खात लागे'सी
यहाँ आफ्नो पुर्पुरो आफै छुँदैछु

विना ज्वाला जली याँ खाक हुँदैछु
आँशु बनि जीवन मैलो धुँदैछु
१३-०६-२०१३

"प्रवृति"

नशालु त्यो हेराई
इशाराको बेराई

लठ्ठ नै पार्यो लौन
मनै मेरो फेराई

जादुमय हेराई
नजरको घेराई ।
०८-०६-२०१३ 

No comments:

Post a Comment