- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 8 November 2014

दस्तावेज:- दीपक सुबेदी

         केस्रा रचनामा रसको अभिव्यञ्जना

समीक्षक:- दीपक सुबेदी
गौरदह,झापा 

       यथार्थ जीवनमा कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो । नेपाली साहित्यमा मौलश्री लिम्बूले मलेसियाबाट यसको घोषण गरेका हुन्  ।
वर्तमान नेपालाको राजनीतिक अवस्थाले ठुलो फड्को मार्ने कोसिस गर्दैछ । केन्द्रित शासन प्रणालीले आफुलाई छिटो, चुस्त बनाउन नसक्ने भएर नै गणतन्त्र तर्फ उन्मुख भईरहेकोछ । निश्चित सीमा–क्षेत्र भित्र रहेर यहाँका जनताहरुको साना–तिना समस्यालाई पनि छिटो अनि
प्रभावपूर्ण ढंगले समाधान गर्नका साथै प्राकृतिक स्रोत साधनहरुको सहि परिचालन गर्ने कोशिसमा लागिपर्न चाहेका छन् । यसो हुनु भनेको एउटा ठुलो परिमाणको वस्तु, क्षेत्र वा कार्यको विभाजन हुनु हो । त्यसवाट विभाजन भएको सानो परिमाणलाई पनि ठुलो परिमाण अन्तर्गत राखेर प्रभावकारी पहिचान बनाउन खोजिएको हो । यसरी नै कुनै पनि वस्तु तथा क्षेत्रको ठुलो परिमाणलाई खण्डीकृत गरि छुट्याइएको  प्रत्येक खण्ड खण्डहरु मध्ये कुनै एक खण्डले पनि उही ठुलो परिमाणमा हुने  प्रत्याभूति दिलाउन सक्दछ । ती ठुला परिमाणका वस्तु तथा विषयलाई यसरी खण्ड वा अंशमा विभाजन गरेर एक खण्ड वा अंशलाई मात्र व्याख्या वा स–विस्तार गरी समेटिएको साहित्य नै केस्रा हो ।
यसमा कुनै पनि विषयवस्तुको कुनै एक पक्षको उल्लेख  महत्वपूर्ण रहेको हुन्छ । कुनैपनि विषयवस्तु तथा अनुभव वा अनुभूतिमा हुने मानवीय संवेदना तथा संवेगको एक पक्षलाई विशेष महत्वका साथ अभिव्यक्त गरिएको हुनु पर्दछ । गतिशील समयव्रmमको परिर्वतनहरुले साहित्यमा पनि प्रमुख भूमिका खेल्ने गर्छन् । यसर्थ साहित्यका प्रचलित अन्य विधाहरु भएता पनि समय सान्दर्भिक केस्राको आफ्नै विशेषता, संरचना तथा मान्यता आदिले गर्दा अन्य विधासंग अतुलनीय रहेकोछ । यिनै आधारशिलाबाट केस्रा विधाको प्रतिपादन भए पाईन्छ ।
उठानको दुवै हरफ, विश्रामको दोस्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको हुन्छ आकृति केस्रामा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ । अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफमा कुनै शब्दलाई दोहोर्याएर लेखिको हुन्छ आवृति केस्रामा । यसलाई एउटा शब्द र अनुप्रासको मात्रा प्रयोग गरेर पनि लेख्न सकिनेछ । या केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वछन्द लयमा लेखिन्छ । वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि अलङ्कार केस्रा लेखिन्छ । केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिर्वाय प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।

छ हरफमा लेखिए पनि प्रत्येक दुई–दुई हरफ अलग–अलग रहनेछन्
केस्रा दस्तावेज 
तर यी सबै हरफ एउटा विषयवस्तुमा अन्योन्याश्रित हुन जरुरी छ । यो संरचना बाहेक छ हरफमा केस्रा कै मान्यतामा रहेर स्वरुपलाई फेरबदल गरिएमा त्यसलाई ढाँचा केस्रा भनिन्छ । केस्रा निस्चित प्रविधको संयोजनमा लेखिन्छ । यसमा पहिलो र दोस्रो हरफ उठान तेस्रो र चौथो हरफ विश्राम पाँचौ र छैठौ हरफ बैठान हो । उठानले विषयवस्तुको प्रवेश वा उठान गर्छ । विश्रामले उत्कर्ष वा जिज्ञासाको खुलासा गर्छ र बैठानले विषयवस्तुको निराकरण गर्दछ । यसमा अनुप्रास अनिवार्य तत्व हो । एउटा केस्रामा उठानको पहिलो अनुप्रास वैठानको पहिलो हरफमा अनिवार्य दोहो¥याउनु पर्दछ । अन्य कुनै पनि अनुप्रास पुनः दोहो¥याईएमा मान्य हुने छैन । कुनै पनि विषयवस्तुलाई सम्वोधन गर्नको लागि नाम हुन आवश्यक पर्दछ । केस्रामा शीर्षक अनिवार्य हुनु पर्दछ । शीर्षक विनाको केस्रा हुन सक्दैन । शीर्षक छनौट गर्दा विषयवस्तुलाई प्रतिनिधित्व गर्न सक्ने वैचारिक, सांकेतिक र  छोटो हुनु पर्दछ । आकृति केस्रा र आवृति केस्रामा स्वःलय तथा स्वच्छन्द हुने भएकाले जति पनि अक्षर तथा मात्राको केस्रामा अल्प÷अर्धविश्रामको अनिवार्यता छैन । अलङ्कार केस्रामा छन्दको निर्माण प्र्रक्रिया लागु हुनेछ ।
लेखन शैली, विषयको प्रस्तुति, रचनात्मक, वैचारिक र संरचना पक्ष शब्दको संगठनात्मक ढाँचा आदिमा समष्टिमा शिल्प केन्द्रित हुने गर्दछ । केस्रामा कथ्य  आंशिक लय भएता पनि वैचारिकतामा एक पक्ष वा विषयवस्तुको कुनै एक खण्ड वा अंशको स–विस्तार भएको गुणहरुको प्रभावसंगै विषवस्तुको अंशा यसको प्रमुख तत्व वा शिल्प हो । केस्रामा लय अनिवार्य तत्व होइन । यद्धपि अनुप्रासको प्रयोग हुने भएकोले लयमा आबद्ध हुनु जरुरी छ । कुनै पनि विषयवस्तुको एक खण्ड वा एक पक्षलाई विश्लेषण गरि सिलसिलेवार प्रस्तुति हुनु पर्दछ । केस्रामा कुनैपनि विषवस्तु वर्जित छैन । यद्धपि उक्त विषयवस्तुको एक खण्ड वा एक पक्षलाई कति ध्यान दिईएको छ यो नै प्रमुख महत्वको रmपमा हरेको हुन्छ । साहित्य र समाज परस्पर विषय हुन । यसर्थ केस्रामा प्रयोग हुने शब्द तथा भाषा अनुशासित  हुनु पर्दछ । यसमा कुनै पनि क्लिष्ट वा सरल शब्द समावेश गर्न सकिन्छ ।
        यसमा अनिवार्य छ हरफ हुनुपर्छ । तिनीहरु दुई–दुई हरफको एक संयोजनमा रहनेछन् । यसका हरफ समायोजन र नामकरणमा पहिलो समायोजन उठान:– उठाउने काम, शुरु गर्ने काम, थालनी, आरम्भ, प्ररम्भ, सुरुवात हुन्छ । दोस्रो समायोजन विश्राम:–बसाई, अडान, काम÷परिश्रम आदि गर्दा थकाई मेटाउन आराम गर्ने हुन्छ । तेस्रो समायोजन बैठान:– कुनै कामको अन्त्य, टुङ्गो÷रहने ठाँउ,  ठेगान रहेको हुन्छ ।
         आजकाल हरेक विषय वा क्षेत्रमा छिटो र प्रभावकारी पक्षलाई विशेष महत्व दिने गरिन्छ । एउटा निर्धारित वा समय सीमामा काम गर्ने मजदुर तथा श्रमिकहरुले पनि अतिरिक्त थोरै काम सिध्याई बढी पारिश्रमिक पाउने अपेक्षामा काम गर्न लालयित हुन्छन्  । प्रविधिहरुमा पनि धेरै नै छिटो, छरितो र टिकाउलाई अपनाउन थालिएको छ । हरेक क्षेत्र वा वस्तुहरुमा हुने विशेषतालाई पहिचान गरि समयानुकुल परिमार्जन गरेर अझ प्रभावकारी बनाईदैछ । यसरी समयानुकुल परिवर्तन हुँदा उक्त क्षेत्र तथा वस्तुमा एउटा नयाँ संरचना÷ढाँचाको आधार नै तयार भएको हुन्छ । यस्तो संरचना पुरानो स्वरुपसँग केही मिल्दोजुल्दो देखिएतापनि त्यसमा लागू हुने मान्यता, विशेषता, उपयोगिता, आदिमा भिन्नता हुने गर्दछ । जसले गर्दा सोहि नामले सम्वोधन गर्न असान्दर्भिक हुने गर्दछ  र छुट्टै नामले स्थापित हुने गर्दछ ।
         यसरी छुटै अस्तित्व बोकेर, छुट्टै नामले स्थापित हुन अन्य विधा जस्तै नेपाली साहित्यमा केस्राको उपस्थिति भएको देखिन्छ  । यसमा दिलिप सगर राई र जीवन देवान गाउँले (मलेसिया) साथै कृष मगर(यु.ए.ई.)ले यसको लेखनमा लागिरहेका छन्
                             ।djsubedi@gmail=com
[दृष्टान्त:-  प्रयुक्त समिक्षा "नागरिक दैनिक" पत्रिका वर्ष ४ अंक २६२  शुक्रबार ,५ माघ २०६९ मा प्रकाशित भई सकेको छ ।    
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1245-nagarik-18-jan-2013/2-nagarik.html


No comments:

Post a Comment