- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 11 December 2014

केहि केस्राहरु- ७ [२०१४]

भक्ति प्र. पौड्याल,प्रेम श्रेष्ठ 'दीन' र देशु सुब्बा 'जिज्ञासु' जीका केस्राहरु

"विरोधाभाष"

चोमोलुङ्मा भन्दा अग्ला कुरा
काम भने सवै नै अधुरा

कसैलाई छेउ पर्न दिन्नन्
बोलीभित्र हुँदो रैछ छुरा

अरु गर्छन् काम उनी कुरा
उमेर होला यसैगरि पुरा।
१९-०९-२०१४
-  भक्ति प्रसाद पौड्याल 
 मोरंग
 ####  ***  ###

    “अहंकारी”



तपाईं नभने नी मपाँई बन्ने
यिनिहरुलाई चैं अब के भन्ने ?

बाहिर बाहिर ठिकै देखिए नी
भित्र भित्र खोतलेर जरो खन्ने

धेरै छन् है ! समाजमा यस्तो बन्ने
आफैले आफैलाई बरिष्ठ गन्ने।
०३-०८-२०१४
- प्रेम श्रेष्ठ “दीन” 
संखुवासभा,हाल:- मलेसिया

###  ***  ###

    "नियती"

युवा जनशक्ती सबै नै बाहिर
राष्ट्रलाई भने छैन कुनै पीर

भएका साधन श्रोतहरु पनि
दैनान्दिन हुँदै अधोगतितिर

देशप्रेमिहरु रुँदैछन् बाहिर
छैन सबुत भनी नेपाली वीर ।
२१-०७-२०१४
- देशु सुब्बा “जिज्ञासु” 
पाँचथर,हाल- साउदी अरब 

No comments:

Post a Comment