- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 17 December 2014

नाना रोदुङ्

       नाना रोदुङ् जीका केस्राहरु 

   “महशुस”

नाना रोदुङ्
खोटांग,हाल:- इजराल
 
गाँउ शहर अनि देश दुख्यो
आत्मग्लानिले योमन रुंयो

मान्छे हुनुमा निरर्थक भो
स्वाभिमानसंग नाता टुट्यो

इतिहाँस दुख्यो झुपडी दुख्यो
यी सबै नै दुख्दा शिर झुक्यो।
२१-०९-२०१४

 “आगमन”



हवा सातुङ्ग को गित गाउँछ
तन,मन उतै तिर पो धाउँछ

हो त्यो कुनै बारले छेक्न सक्दैन
ढोका खुली सक्यो उ अब आउँछ

मनले दृढताको गित गाउँछ
खुसीको किरणले पक्कै छाउँछ।

  “अनुरोध”

ए सोईङ्गेको गोठाला दाई
न एकोहोर्याउ त्यो भेडालाई

बाटो खोलिदिउँ चरोस् आफै
कति छेक्छौ भ्याई नभ्याई

त्यो लुकुनी तिम्रो होईन दाई
हस्ताक्षर गर मन लगाई ।

  “कर्तुत”

वारि पारि भंगालो थुन्दै
निर्दोश ति माछाहरु उँन्दै

ए महाशय ! कत्ति बस्छौ
माकुराले झैँ जाल बुन्दै

विकाशको मुहान थुन्दै
षड्यन्त्रको खाडल खुन्दै।

"अठोट"

डग्मगाउँदा तिम्रो विश्वास
उठ्यो मनमा प्रश्नको रास

अठोट गरें म बारूद बन्न
गर्नेछु अब  मैले तिम्रो नास

तोडेर गयौ मेरो विश्वास
अब सम्बन्ध रहेन खास।

No comments:

Post a Comment