- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 22 December 2014

केहि केस्राहरु:-८ [२०१४]

 मनिस धिमाल,सन्तोष माबुहाङ् ,लक्ष्मीमाङ्  चेम्जोंग र मन “तुखेसा”

  “प्रतिक्षा”

बेसहारा जिन्दगीसंग बाच्दैछु
ठाउ ठाउमा मन सार्है भाच्दैछु

पाउछु की भनि तिमीलाई कतै
मनमा मिठो आशाहरु साच्दैछु

तिमी आउने प्रतिक्षामा बाच्दैछु
गनि दिनहरु खुसीले नाच्दैछु ।
२९-११-२०१४
 - मनिस धिमाल   
झापा-१५,हाल- जोहोर,मलेसिया
####  ***  ###

' बजेट '



हरेक बर्षमा आउछ
महङ्गी अघिक ल्याउछ

सरकारी कर्मचारीमा
खुशी माथी खुशी छाउछ

स्यालको चै दसैं आउछ
देशमा दु:ख बढाउछ।
१४-०७-२०१४
 - सन्तोष माबुहाङ् 'अनसन'
तेह्रथुम,हाल- जोहोर,मलेसिया 
####   ***  ###

‘सम्झना”

तिमीलाई देखौ सधैं भरी
हरपल यसै उसै गरी

मैले पाउन नसके पनि
आँखा अनि नानी वारीपरी

बाँचुन्जेल देखौ सधैं भरी
झझल्को मलाई घरी घरी ।
१३-०३-२०१४
- लक्ष्मीमाङ्  चेम्जोंग 
पाँचथर,हाल- मलेसिया
###  ***  ###

   “घाती”

मित्रताको डोरी आफै कस्यौ
एकैछिन त मुटुमा बस्यौ

नाग मानेर पूजा पो गरें
सर्प बनेर मलाई डस्यौ

साथी हौ भनि अंगालो कस्यौ
पछाडिबाट छुरा पो धस्यौ।
२१-०६-२०१३

   'मन'

चरी भई उड्न पो खोज्छ
काँडा होइन फूल जोख्छ

फूलले कहिँ बिझाउदा
मनले मनलाई रोक्छ

सुख नै सुख मात्रै खोज्छ
मनले सँधैँ यस्तै सोच्छ।
 - मन कुमार पारघरी “तुखेसा” 
तेह्रथुम

No comments:

Post a Comment