- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 25 December 2014

कृष्ण लिम्बू

      कृष्ण लिम्बु जीका केस्राहरु 

"गुनासो"

- कृष्ण लिम्बू
फिदिम,पाँचथर
 
टुक्रा टुक्रा पार्दै सपना
दियौ मलाई किन यातना

तिम्रै शरण पर्दै मैले
गरे पनि सधै उपासना

मारी दियौ किन सपना
ईनाम भयो मेरो प्रार्थना।
०८-०७-२०१४

"बिछोड"



नसके पनि दिन अरू
छोडी दिउला यादहरू

धेरै टाढा जान्दै छु आज
भेट्न आउनु तिमी बरू

मेरो माया बाहेक अरू
जलाई दिनु बनाई जरू।
०३-०७-२०१४

"पीडा"

सताएर पलपल मलाई
नआउन याद छाती जलाई

यसै त छु म खुशीको दरिद्र
बाँचु म कसरी दुख ढलाई

मार्छौ किन पलपल मलाई
कोमल मुटुमा छुरा चलाई।
२५-०६-२०१४

"अधुरो"

मरन भन्दा पर
हुन्न कसैको घर

चाहना भए पनि
अपुरो हुन्छ तर

समय भन्दा पर
पुगेको को नै छ र !
२१-०६-२०१४

  "अनुरोध"

हे भगवान ! तिम्रै आशमा
बाचेको छु शून्यता सासमा

दयाको ज्योति छरी देउन
अन्धकार यो मेरो बासमा

बसेको छु म आशै आशमा
भरी सास मुर्छित लासमा।
१८-०६-२०१४

  "अन्याय"

हेपिन्छ मान्छेलाई दलित भनि
छेकेर धारा त्यो मन्दिरमा पनि

खोई कस्तो अन्याय यो समाजको
मान्छेले मान्छेको नबुझ्ने वेदनी

मान्छेले मान्छेलाई दलित भनि
छोएनी सुन पानी झर्किन्छन् अनि।
११-०६-२०१४

"विवश"

दुखी यो मन पारेर
सबै सपना मारेर

जोगी भेष बनाउँदै
मुग्लान पुगे हारेर

आँखामा आँसू पारेर
हारै हार स्विकारेर।
०५-०६-२०१४

  "वेदना"

छाक छाकमा पानी पिएर
ज्यानकै बाजी सधै दिएर

यो निर्दयी सँसारमा मैले
सकिन कैले दु:ख सिएर

साँझ विहान पानी पिएर
भोक भोक नै सधै जिएर।
२०-०५-२०१४

"पश्चताप"

गरेर आफैले कसूर
उठाउन सकिन नूर

हे ईश्वर ! मलाई अब
पुर्याई देउ कतै दूर

भए छ मबाट कसूर
जहाँ छोडी देउ मञ्जूर।
१८-०५-२०१४

No comments:

Post a Comment