- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 30 January 2014

खेमराज "गाउँले"

         खेमराज "गाउँले" जीका केस्राहरु 

- खेमराज "गाउँले"
रोल्पा
    "विभेद"

छोरालाई काखमा राख्छ
छोरी देखेर टाढा भाग्छ

भनेको बुझ्दै बुझ्दैन ऊ
समाजकै सीमाना नाघ्छ

कतिन्जेल मनमा राख्छ ?
विभेद एकदिन पाक्छ।
२०-१०-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्राको सबै अनुप्रास शब्दमा  हलन्त /वर्णहरु फरक-फरक भएकोले यस्तो अनुप्रासलाई  "स्वरश्रुति अनुप्रास' को भनिन्छ । जस्तै:- राख्छ> रा +ख् +छ/ =  ख् +छ     भाग्छ>भा+ग्+छ = ग्+छ   नाघ्छ>ना+घ्+छ =घ्+छ     पाक्छ>पा+क्+छ = क्+छ।"स्वरश्रुति अनुप्रास' हुनका लागि अनुप्रास शब्दको बीचमा रहने हलन्त/अजन्त वा अक्षरहरु नै  फरक-फरक रहनु पर्दछ। ]

  "चुनाव"

Saturday 25 January 2014

हाईकु लेखन:- टंक सुब्बा

       हाइकु लेखन र त्यसको काव्यात्मकता 
                                                       - टंक सुब्बा (सम्वाहाङफे,लिम्बु)

- टंक सुब्बा
हाल- हंगकंग 
      अहिले म संग चौमासीक हाइकु विशेषाङक "बर-भञ्ज्याङग" छ । हाइकु सम्वन्धि एउटा लेख तयार पार्नको लागि निक्कै महिना अगाडीबाट तम्सिरहेको छु । तर हङकङको ब्यस्तताले उक्त पत्रिका पढ्दै झोलामा थन्क्याउँने मात्र गर्थे। किनकी पढेर लेख्ने समयको अभावले यो क्रम निक्कै समय बढ्यो । तै पनि हिम्मत हारीन किनभने म हाइकु लेख्न धेरै प्रयासहरु गर्छु ।मेरो हातमा भएको पत्रिका बि.सं.२०५८ बैशाक १२ गते हालका राष्ट्रिय गानका रचायिता व्याकुल माइला उर्फ प्रदीप कुमार रार्इको हस्ताक्षर साहित उपहारको रुपमा पाएको हुँ । यो पत्रिका पाउँदा हाइकुमा त्यति चासो पनि थिएन । फाट्ट फुट्ट लेख्ने गर्थे। त्यसैले पत्रिकालाई त्यति महत्व दिएको थिइन । किनकी यो गोजी पात्रो अथवा जेबि पात्रो आकारमा मात्र छापीएको छ । तर पछि भित्री विषयहरु पढ्दै जादा मेरो हाइकु लेख्ने आधार नै बन्यो चौमासीक हाइकु विशेषाङक बर-भञ्ज्याङग । खास गरेर त्यसबेला मैले कवि उत्तर कुमार रार्इको सम्पर्कबाट ब्याकुला माइला उर्फ प्रदीप कुमार रार्इलाई चिन्न पुगेको हुँ। दक्षिण कोरीयामा छदा नजिक बन्नु भएका साहित्यकार मित्र मनोज श्रेष्ठ उर्फ मनोजबाबु "आशय"ले मेरो पहिलो कविता संग्रह “युद्धभित्र उभिएका बुद्धहरु” प्रकाशनको क्रममा यी सबै साथीहरुसंग परीचित हुन पुगेका हुँ । हुन त हाइकुको विषयमा

Tuesday 21 January 2014

प्रेम श्रेष्ठ 'दीन'

      प्रेम श्रेष्ठ 'दीन' जीका केस्राहरु 

प्रेम श्रेष्ठ 'दीन'
संखुवासभा,हाल-मलेसिया 
"झगडा" 

झिरीमिटी बल्यो आगो दनदन
सासु-बुहारीको पर्यो गनगन

बुहारी पनि सासु हुने रीत छ
ब्यर्थै किन गर्ने बेकामे गन्थन

सानोबाटै आगो बल्छ दनदन
एकैछिन मै निभोस् यो भनाभन
१०-०५-२०१३

 "विदेश"

Saturday 18 January 2014

दस्तावेज:- भूमिका /टिप्पणी

पुस्तक विवरण 

कृति:-                      :केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज 
प्रकाशित मिति:-      :बैशाख २०७० [पहिलो संस्करण]
प्रकाशित प्रति:-        :६००/-
प्रकाशक:-                :केस्रा लेखन मञ्च,

                                नेपाली केस्रा मञ्च नेपाल
                                नेपाली केस्रा मञ्च मलेसिया
                                नेपाली केस्रा मञ्च यु.ए.ई.
                                नेपाली केस्रा मञ्च कतार
सर्वाधिकार:-           :प्रवर्तक र प्रवक्ता त्रयमा
आवरण कला:-        :मनि राई “गोठाले”
कम्प्युटर:-              :जेरोन इन्फोसिस,ताल्छिखेल,ललितपुर
मुद्रण:-                   :स्थापित प्रेस,ताहाचल,काठमाडौं
ISBN:-                  :९७८-९९३७-२-६२३०-९
मूल्य:-                    :रू १०१/-


****   *****  *****     *****

  म मौलश्रीको यस आविष्कारक चेतनाको प्रशंसा गर्दछु 
                                       [पृष्ठ क-ङ ]
                                                                               - डा. गोविन्दराज भट्टराई

         नेपाली साहित्यमा मोतिराम भट्टकै पालादेखि अनेक प्रकारका विचार–चिन्तन तथा भाषिक एवम्

Thursday 16 January 2014

'केस्रा अन्तरक्रिया':- सुनसरी

"केस्रा विधाको अन्तरक्रिया" कार्यक्रम 

२०१४/२०७० माघ १ गते/सुनसरी       "केस्रा विधाको अन्तरक्रिया" कार्यक्रम सुनसरी जिल्लाको भरौलमा सम्पन्न भएको छ केस्रा विधा प्रतिपादनक लागि सल्लाहकार भक्ति प्रसाद पौड्याल र  केस्रा प्रवक्ता दिलिप 'सगर' राई जिको उपथितिमा उक्त कार्यक्रमको आयोजना 'स्वर्णिम साहित्य समाज' भरौल,सुनसरीले गरेको थियो
[दृष्टान्त:- उपर्युक्त ब्यानरमा ..नेपाली साहित्यमा नयाँ प्रतिपादित.. हुनु पर्नेमा अन्यथा भएको छ।]

Tuesday 14 January 2014

समाचार: सहयात्री विमोचन

केस्रासंग्रह "सहयात्री " विमोचित

कष्ण ओझा,  २० पुस, पाँचथर

       "चुनौती"

हिडेर त्यसै, हामी रुक्दैनौ
खुलेर लड्छौं, हामी लुक्दैनौ

अगाडी वढ्छौं, हाँसेर मर्छौ
मर्नका लागि, हामी चुक्दैनौं

चालेर पाइला, हामी रुक्दैनौ
नामर्द जस्तै, हामी झुक्दैनौ
       नेपाली साहित्यमा नवप्रवेशी केस्रा विधाको पहिलो र एकल संग्रह ‘सहयात्री’ को शनिवार पाँचथरमा एक समारोहकावीच विमोचन भएको छ ।
       आदर्श वहुमुखी क्याम्पस विराटनगरका उप–प्राध्यापक भक्तिप्रसाद पौड्यालले पाँचाथरे स्रष्टा राज आङदेम्वे सहयात्रीको संग्रह सहयात्रीको विमोचन गर्नुभएको हो ।
मलेसियामा रोजगारीका लागि गएका मौलाश्री लिम्वूद्वारा प्रतिपादित केस्रा विधामा कुनै एक विषयमा केन्द्रित हुनु, शीर्षकको चयन गर्नु, सङ्गठित ६ हरफभित्र विषयलाइ समेट्नु, अझ अनुप्रास र समाक्षरीकतामा अनुशासित भएर सिर्जना गर्नु जस्ता कुराले केस्रा विधामा चुनौति र आकर्षण दुवै बढेको पाइएको छ ।
       केस्रा लेखन मञ्चद्वारा प्रकाशित संग्रह पाँचथर गजल मञ्चको आयोजनामा संचालित कार्यक्रममा केस्रा विधाका प्रवक्ता दिलिप राई , जिल्लाका विभिन्न साहित्यकारहरु, प्राध्यापक र अन्य सरोकारवालाहरुले विधाबारेमा जिज्ञासासहित भावना व्यक्त गरेका थिए ।

अनलाईन खबर डटकम
http://www.onlinekhabar.com/2014/01/151955/
http://www.onlinekhabar.com/2014/01/151955/#sthash.yhDAdXOt.3QNEm9hu.dpuf

कृष्ण उदासी

    कृष्ण उदासी जीका दुई केस्रा 

- कृष्ण उदासी
उर्लाबारी,मोरंग 
 "राजनीति" 

कुर्सीको सँधै तानातान
अन्जान होईन जानाजान

जसको शक्ति, उसकै भक्ति
सार्थक छ नेपाली उखान

एकअर्कामा तानातान
कोही मान्दैन संविधान 

 "बाढी" 

Thursday 9 January 2014

राई रुमानी

        रुमानी जीका केहि केस्राहरु 

-  राई रुमानी
मोरंग,हाल-मलेसिया 
  "जीवन-रंग"

घाम हिडेरै समुंद्र तर्छ
र आकास-धर्ती रङ्ग भर्छ

यही नै घामको क्यान्भासमा
फूल अनि पात दंग पर्छ

सृष्टि अनन्त जंघार तर्छ
र,जीवन ढलीमली गर्छ ।
२४-०८-२०१३

  "आस्था"

Monday 6 January 2014

सहयात्री:- कार्यक्रम ग्यालरी

 'सहयात्री' लोकार्पण कार्यक्रमको झलकहरु 

           २०७० पौष २० गते सरगम सभाहल,फिदिम पाँचथरमा प्रथम एकल केस्रासंग्रह राज आङ्देम्बे 'सहयात्री' को केस्रासंग्रह "सहयात्री' लोकार्पण कार्यक्रम" को केहि झलकहरु ...

सहयात्री:- विमोचन समाचार

केस्रासंग्रह "सहयात्री" विमोचनको समाचार 


OnlineKhabar.com कष्ण ओझा, २० पुस २०७०, पाँचथर

Saturday 4 January 2014

केस्रा:- वार्षिकोत्सव [फेसबूक]

        फेसबूक: 'केस्रा' विधाको दोश्रो वार्षिकोत्सव  

       नयाँ वर्ष २०१४ को उपलक्ष्यमा सम्पूर्ण श्रष्टा,केस्रा सर्जक,साहित्यानुरागी,शुभचिन्तकहरुमा सु-स्वास्थ्य,दीर्घायु साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

२०१३ मा केस्रा सम्बन्धी-गतिविधि :

Thursday 2 January 2014

सन्दर्भः- दोश्रो वार्षिकोत्सव

सन्दर्भः केस्राको दोस्रो वार्षिकोत्सव, नेपाली साहित्यको एउटा रस केस्राभित्र
                                                                                    - पञ्च विस्मृत


            भर्खरै मात्र केस्राकार राज आङ्देम्बे 'सहयात्री'ले आफ्नो केस्रासङ्ग्रह नेपालमा यही पुस २० (२०७०) का दिन विमोचन हुन गइरहेको बताउनु भएको छ । अर्कातिर केस्राले नयाँ वर्षको आगमनसँगै दोस्रो वर्ष पार गरेर तेस्रो वर्षको खुड्किलो उक्लिँदैछ । सन्दर्भ मिल्यो ठ्याक्कै । धेरै समय अघिदेखि केस्रा लेखनको विषयमा दुर्इ शब्द दौडने रहर पुनः ब्युँझिएर आयो ।

अघि बढ्छु यसरी —
       वि. सं. २०५९/६० तिर इटहरी, विराटनगर र धरानको साहित्यक माहौल नेपाली साहित्यको एक विद्यार्थीको रूपमा निक्कै जुत्ता खियाइयो । र, पुस्तक प्रकाशनसम्म पुगियो, भलै त्यसको पाँच वर्ष अगाडिदेखि लेख्न थालेकै किन नहोस् । पछिल्ला पाँचवर्ष गन्तीमा राख्न सरम लाग्छ यो पङ्तिकारलार्इ । यद्यपि,कलाकार यासेली योङहाङद्वारा निर्देशित एक नाटक यही पङ्तिकार र उनका एक साथी मिलेर

Wednesday 1 January 2014

केस्रा-दोश्रो वार्षिकोत्सव

 साहित्यमा “केस्रा” विधाको दोश्रो वार्षिकोत्सव
                                           एवम् 
           नयाँ वर्ष २०१४ को उपलक्ष्यमा सम्पूर्ण श्रष्टा,केस्रा सर्जक,साहित्यानुरागी,शुभचिन्तकहरुमा सु-स्वास्थ्य,दीर्घायु साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।



       २०१३ मा केस्रा सम्बन्धी-गतिविधि :

* २०१३/२०७० बैशाख, “केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” प्रकाशन/लोकार्पण, काठमाडौं ।
* २०१३/२०७० असार, “केस्रा-सिर्जना अनुशीलन”कार्यक्रम उर्लाबारी,मोरंग।