- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 31 December 2015

एक शिर्षक अनेक केस्रा-१

केस्रा विधाको चौथो वार्षिकोत्सबको अवसरमा नवज्योति नेपाली साहित्य समाज, फेसबूक ग्रुपद्वारा आयोजित "एक शीर्षक अनेक केस्रा" अन्तर्गत लेखिएका  "नाकाबन्दी" शिर्षकका  केही केस्राहरु:-
-------    ------
१.केस्रा
        "नाकाबन्दी"
नेपाललाई नाकाबन्दी लगायो
भारतले साह्रै नै दु:खी बनायो
निहुँ अनि काल जोडिएर आज
कालोबजारी छ्यापछ्याप्ती मौलायो
नेपाललाई पो आरोप  लगायो
यहाँ नेपालीलाई साह्रै सतायो ।
- निस्चल आँसु घायल
मोरङ् , हाल - प्रवास।
--------------------------
२.केस्रा
          "नाकाबन्दी"

Saturday 26 December 2015

नवीन अनुपम रावत

      नवीन अनुपम रावत जीका केस्राहरु
    "फुलको बेदना"
फूलले सधै सुगन्ध छर्छ
कति असिना पानीमा पर्छ
तर हाँसेकै हुन्छ सदैव
एकदिन त ओइली झर्छ
मीठा मीठा सुवास नि छर्छ
उ पिडा संग संधर्ष गर्छ ।
***    ***
     "उपहार"

Friday 27 November 2015

केस्रा प्रतियोगिता-२०१५

  "अनलाईन केस्रा प्रतियोगिता सम्पन्न"
"गरेर कलमी मनहरुलाई सलाम,
साहित्य बिधामा एक नयाँ आयाम"
       भन्ने मुल नाराका साथ आउन लागेको केस्रा विधाको चौथो वाषिर्कोत्सव (१ जनवरी २०१६) को अवसरलाई मध्यनजर गर्दै साहित्यिक चौतारी फेसबूक पेजमा ऐतिहासिक बृहत् केस्रा लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। ।
    आइतबार सम्पन्न बृहत केस्रा लेखन कार्यक्रममा विभिन्न देशबाट १०० बढी सर्जकहरु सहभागी भै १२००

Saturday 21 November 2015

केस्रा लेखन कार्यक्रम

             बृहत केस्रा लेखन कार्यक्रम   
      साहित्यका विकास र विस्तारमा हरबखत लागि पर्ने यस गरौवशाली समूह "साहित्यिक चौतारी" ले आफ्ना  स्थापनाको शुरुवाती चरणदेखि विविध सृजना माथि छलफल र बहस दैनिक रुपमा सञ्चालन संगसँगै बेलाबेलामा बृहत् कार्यक्रमहरु गर्दै आएको कुरा सर्वविदितै छ। यस अगाडि बृहत् साँस्कृतिक कार्यक्रम र समुहगत सहभागिता शुरुवाती बृहत समसामयिक मुक्तक दोहोरी सम्पन्न गरीसकेको परीप्रेक्षमा हामी अबको चरणमा नेपाली साहित्यमा नवजात शिशुको अवस्थामा रहेको केस्रा विधाको पहिलो अनलाइन

Friday 23 October 2015

विमल पोख्रेल

      विमल पोख्रेल जीका केस्राहरु
        "सन्देश"
आउँछु पक्कै म यसपाली
सजाउन सिउँदो त्यो खाली
बाँचौला जीवन हासीखुसी
मायाको बाटो पाइला चाली
ढुक्क भै बसें है ! यसपाली
तिम्रो काले आउदैछ काली।
22 जुलाई 2015
***  ***
    "प्यार"

Thursday 22 October 2015

डा. विजय लिङ्देन

         डा. विजय लिङ्देन जीका केस्राहरु

       "महशुस"

रातको शीत झै आँसु झर्दछ
आशा ईच्छा यहाँ कति मर्दछ

नछोई मुटु निचोर्न जान्दछौं
सिरेटोमा निन्द्रा कहाँ पर्दछ

देख्दा मुटुमा पसिना झर्दछ
के यो विरह तिमीमा सर्दछ।
***    ***

         "मन"

तिमीलाई म सधैं हेरिरहन्छु
सपना कति कति फेरिरहन्छु

यो भावनामा बग्ने बानी परेछ
मनले भनेको म टेरिरहन्छु

तिमी आउने बाटो हेरिरहन्छु
सदैव मनमनै सेरिरहन्छु।
***   ***

          "टोल्टोई"

तिमी लियो टोल्टोई संसार खेल्यौ
अद्भुत त्यो 'वार एण्ड पिस' लेख्यौ

यो शताब्दीकै साहित्यकार बनी
तिमीले साहित्यको शिखर टेक्यौ

गरिबी र दु:खीहरुसंग खेल्यौ
संसारको पीडा साहित्यले मेट्यौ।
***    ***

       "स्विकारोक्ति"

भिडमा मलाई आँखाले छुन्छौ
भावना बेजोड मनमा थुन्छौ

नबोली नि माया महशुस छ
मेरो मनको कुरा तिमी सुन्छौ

शब्दले पनि मलाई नै छुन्छौ
स्विकारे मात्र सदा मेरि हुन्छौ।
***   ***

         "तिमी"

साँझको एकान्तमा खोलाको धुन
लाग्छ आकाशमा पुर्णिमाको जुन

तिम्रो सुन्दरताको वर्णन गर्ने
शब्दहरु छानी हिडौं कुन कुन

सुन्दरता लिपिबद्ध गर्ने धुन
सबैले पढ्दा रुप चै प्रष्ट हुन।
***    ***

     "सिसी"

बोतलमा डुब्छ रात
निराशामा चढ्छ मात

विकल्प त्यै मात्र हो त ?
किन बढ्छ त यो हात

लामो रहन्न है ! रात
हानौ सिसीलाई लात।
***    ***

      "फिर्ति"

ठोक्किएर फुट्ने आशाहरु
काठमाडौंका मेरा पासाहरु

अब म घर फर्किसकेको छु
खोज्दै होला भट्टिका प्यासाहरु

काठमाडौंमा उठ्ने आशाहरु
हराएछन् प्रेमका दासाहरु।

- बिर्तामोड,झापा।


Tuesday 20 October 2015

विवेक चौधरी

       विवेक चौधरी जीका केस्राहरु

       "पैसा"

विदेशमा पैसा कमाउनु
दुःख परे पनि रमाउनु

टन्नै रुपियाँ कमाएपछि
राम्रो घरबार जमाउनु

मिहिनेत गरी कमाउनु
सुख दिने हात समाउनु।
***   ***

     "वियोगन्त"

सम्झी सम्झी मन रो'को
आँशुले यी आँखा धो'को

खेल कस्तो समयको
पीड़ाको छ आज पोको

बिना गल्ती मन रो'को
नसुक्ने पानीको फोको।
***    ***

         "धोका"

सत्य कुरा सधैं सत्य हुन्छ
विश्वास टूटे'सी मन रुन्छ

के आधारमा गरू विश्वास
कसले आखिर आफ्नो गुन्छ

भर पर्दा सधैं धोका हुन्छ
रमिते प्रेम दुँनिया चुन्छ।
***    ***

  "विश्वासघात"

आज टूटेको छ  मन
छैन यहाँ आफ्नोपन

झूटो विश्वासले गर्दा
उजाडिएको छ वन

एकोहोरो भयो मन
फांटो बनेको छ झन।
२०७२/०६/१९
***   ***

         "सानु"

सकिन्छ भने सानु हात समाउ
दुःख सुखमा सानु हात बटाउ

उमेर भैसक्यो तिम्रो मेरो हेर
त्यसैले अब सानु हात रंगाउ

तनमनले सानु हात समाउ
जीवनभरी सानु हात बढ़ाउ ।

- गजेडी ४,बुटवल, रुपन्देही।

Friday 16 October 2015

भावना सुब्बा

        भावना सुब्बा  जीका केस्राहरु

      "समय"

पर्खिन्न कसैलाई समय
हुन्छ बेलगाम त्यो उदय

हिंड्न सकिएको छैन साथी
गरेर कुनै नि अभिनय

छिचोल्दै झेल्दै अब समय
पाल्ने छैन कहिले नि भय ।
***   ***

   "गुरु"

पाएँ एक गुरु
गरें पढ्न शुरु

रोएकी थिएँ म
हिजो धुरुधुरु

भगवान गुरु
मान्छु खुरुखुरु ।
***   ***

  "नासो"

मायाको नासो
हुन्न है पासो

यादमा डुब्दा
अती नै चासो

अङ्गाली नासो
मिल्या छ हासो।
***   ***

  "जीवन"

आँसुको भेल
नियति खेल

बुझिन्न केही
पीडाको जेल

दु:खको भेल
जीवन रेल ।
***   ***

      "आश्वासन"

मैले गुड  छैन नि कतै सारेको
तिम्रो चोखो माया होईन मारेको

के थाहा कस्लाई कतिकति हुन्छु
सम्झनामा सदैव आँसु झारेको

तिम्रो माया अन्त छैन है सारेको
कैले हो तिमीसंग  पानी बारेको ।
***   ***

      "सम्झना"

आएको छ तिम्रो नै सम्झना
देख्दैछु मैले भेट्ने सपना

खै कसरी पो व्यक्त गरु म
आफ्नो मनको सबै चाहना
 
सदैव सुमधुर सम्झना
गरेर समस्याको सामना।
***   ***

      "हाल"

नसोध्नु यो दिलको हाल
नाजुक छ अहिले काल

भावना उर्लि आएको छ
भएर झै समुन्द्री छाल

बताउन सक्दिन हाल
भएर नै आँसुको ताल।
***    ***

    "मनोकांक्षा"

लाग्छ तिमी मेरो दर्पण
चोखो माया गरें अर्पण

पाएकी छु सम्पुर्ण मैले
भावनाको चोखो खर्पण

तिम्रो छाँया रुपि दर्पण
जीवन गर्छु समर्पण ।
***    ***

       "चाहना"

हुन नपरोस् कसैको शिकार
गर्छु म शिकारीको बहिष्कार

महशुस भएको छ मलाई
बिनाकारण गर्दिन चीत्कार

बनाउन पाउँदा चै शिकार
सम्झिदा रहेछन् है अधिकार ।
२०७२/६/१९
***   ***

      "विगत"

झर्या आँसु पुछि दियौ
दु:ख आफ्नो मानी लियौ

बल्झी उध्रीएको घाउ
तिम्ले नै मज्जाले सियौ

सारा हाँसो खुशी दियौ
हितैषी तिमी नै थियौ।
- दमक झापा।

Friday 9 October 2015

दिनेश घिमिरे

          दिनेश घिमिरे जीका केस्राहरु

      "स्वार्थ"

सिंह दरबारमा सिंह आए
देश लुटेर खरानी बनाए

आफ्नो स्वार्थ पूर्ति जो गर्नलाई
देश लिलाम गरेर रमाए

साच्चिकै जंगली सिंह नै आए
देशको सिमा क्रमशः निकै खाए।
06/10/2015
***   ***

     "गोलि"

आजभोली चल्दैछ गोलि
भर रै'नछ तिम्रो बोली

माया माया भन्दै न आउ
थापिकन त्यो तिम्रो झोलि

तिम्रो बोलिमा रै'छ गोलि
मायाले भरौला नि सोलि ।
2015 September 15
***    ***

    "मिलन"

औशी कालो त्यो रात
समाए तिम्रो हात

याद आईरहन्छ
तिम्रा मिठा ती बात

मिलन को त्यो रात
मैले हेरिन जात।
2015 September 23
***    ***

       "विवस्ता"

आफ्नै जिन्दगीसंग हारिरा'छु
जसो तसो म दिन काटिरा'छु

उनको विष रुपि मायाले म
छाक छाकमा नुन छाडिरा'छु

निर्मोही मायाबाट हारिराछु
मर्ने दिन म अझै साँचीरा'छु।
2015 September 30
***    ***

        "धोका"

उनीबाट पाईयो आज धोका
जिन्दगी फुट्यो पानी सरि फोका

उनको स्वर्थी मायाले मार्यो नि
चल्दैछ अघिपछि हावाको झोका

धोकेवाजले दियो आज धोका
बन्द गरिकन मायाको ढोका।
2015 October 6
***   ***
- सहित्य सरगम
रेडियो मस्ती ८७.९ मेगाहर्ज
सांगा ,काभ्रे।

Thursday 8 October 2015

प्रेम खड्का

        प्रेम खड्का जीका केस्राहरु
 
      "धोका"

बिर्सेको थिए कथा कहानी
बल्ल चढेको थियो  जवानी

अतितलाई मेटायो  किन
आफु माथी राखेर खरानी

लेख्दै छू तिम्रो मेरो कहानी
भन्न नपाई मर्छू कि पानी ।
***   ***

      "दु:खी"

आखिर तिनै मान्छे जोगी
उनै मान्छे जो भयो रोगी

लेखान्तको नियम होला
देश निखारी भए भोगी

उहि मानव हुँदा जोगी
पेट पाल्न हिड्दैछ ढोगी।
***   ***

    "विगत"

याद आयो झन
जे भने नी भन

कहिले टाढियो
डुल्छ  मेरो मन

मुटू दूख्छ झन
सधै एक्लो पन।
***   *** 

      "विकास"

आग्रह मेरो देउ काम
काम जस्तै देउ दाम

ए देश हाँक्ने नेता हो
भोकालाई देउ माम

जनतालाई देउ काम
विकासको देउ घाम ।
         (प्रयुक्त केस्राको तेश्रो हरफमा बाहेक अन्य हरफहरुमा "देउ" शब्दको बारम्बार प्रयोग गरिएकोले यो "आवृत्ती केस्रा" हो।)
***    ***

     "पापिनी"

जोवान दिन्छु भनि ढाँट्यो
हाम्रो प्रेम पत्र नै साट्यो

बिहानीको मिर्मिरेसगै
आज अर्कैसंग जान आट्यो

पापिनीले आखिर ढाँट्यो
मलाई पालुवा मै छाँट्यो।
***    ***

       "प्यार"

बजार घुम्ने थियो रहर
कदापि लागिन तिम्रो भर

भूकम्प आउछ हाम्रै ठाँउ
जमिन गर्छ कि थरथर

तिम्रो जस्तै मेरो छ रहर
चाडै आउ अब तिम्रो घर।
***    ***

       "देश"

अशान्तिले देश रुवायो
गरिबका खुन चुवायो

संविधान बनेसी झन
विकृतीले देश डुवायो

मातृभूमि आज रुवायो
गंगा जल धारा छुवायो।
***    ***

   "अशान्ति"

देशमा शान्ति हरायो
युद्दले मन चरायो

मानव सबै दानव
हत्या र हिंसा गरायो

भाइचारा नी हरायो
अशान्ति मन परायो।

-पुर्कोट मलागिरी-२,खोप्चा,
गुल्मी,लुम्बिनी ।

Tuesday 6 October 2015

मौलश्री लिम्बु

मौलश्री लिम्बू जीका केस्राहरु

     "लज्जा"

समानताको चर्को आवाज
जस्ले गर्छ उस्को क्रियाकाज

मर्नु र मार्नुको बन्यो पर्व
सदैव गरेर चालबाज

दबाएर दब्दैन आवाज
हग्ने भन्दा देख्नेलाई लाज।
       २०७२/०५/०१
***    ***
   
      "क्रान्ति"

Monday 5 October 2015

केही केस्राहरु-१ (२०७२)

नरेन्द्र खेवा,तिलकराम,अनुराग भक्त र दुर्गा आचार्य जीका केस्राहरु
 
   "जीवन"
     
हतारेको मन
लथारेको तन

बेटुङो कल्पना
सङ्कुचित झन

मरेपछि मन
अर्थहीन जीवन ।
- नरेन्द्र खेवा
शिवसतासी,झापा
***   ***
   "एक्लोपन"

म तिमी बिना रुन्छु
थाहा छैन के हुन्छु

तिम्रो याद आएमा
तस्वीर सधैं छुन्छु

तड्पिएर म रुन्छु
आशुका भेल थुन्छु ।
  - तिलकराम अधिकारी
गुल्मी,हाल- कतार।
***    ***
   "घाति माया"

Thursday 1 October 2015

राज तिमिल्सेना

      राज तिमिल्सेना जीका केस्राहरु
 
  "नेपाली राजनीति"

रोडमा जन्ताको हानाहान
नेतालाई  कुर्ची  तानातान

देशभक्तलाई  फाँसी  हुँदा
देशद्रोहीलाई  नै सम्मान

संसद भित्र  छ  हानाहान
छ  सय  एक नै  बलवान।
***   ***
         "वेदना"

Wednesday 30 September 2015

विमल पोख्रेल

      विमल पोख्रेल जीका केस्राहरु  

     "मेरी आमा"
महान हुनुहुन्छ आमा मेरी
हुर्काउनु भो ममताले बेरी
सन्तानको खुशीमा आफु रम्दै
पीर ब्यथा आफ्नो हेर्दै नहेरी
स्नेहकी प्रतिमूर्ति आमा मेरी
पाउँ पुनर्जन्म यै कोख फेरी।
24 june 2015
***  ***
     "म"

Tuesday 29 September 2015

लोकार्पण: माटोको मुन्धुम

माटोको मुन्धुम लोकार्पण तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न
27Sep 2015/ जोहोर मलेसिया
          पहिचानवादी  स्रस्टा सन्तोष माबुहाङको पहिलो कृति ‘माटोको मुन्धुम’ मलेसियाको जोहोर राज्य स्थित सेन्टर हलमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । उहाँले लामो समयदेखि यता नेपाली साहित्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउदै आउनु भएको थियो।उक्त संग्रहको प्रकाशन हम्बे राईले गर्नु भएको हो।
        गंगा चाम्लिङ् तुम्रोकको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा  प्रमुख अतिथी तथा पहीचानवादी  साहित्यकार इन्द्र नारथुङेले  कृति  लोकार्पण गर्नु भएको थियो ।कृतिलाई जीतमान राई‘सविन’, रिना बम्जन तामाङ, भीम तामाङ, डिल्ली राई "मानबिर" ले  शुभकामना मन्तव्य राख्नु भएको थियो भने  उक्त कृतिमाथि प्रकाश राई "पुष्पक"ले समिक्षा गरेका थिए ।
     

Thursday 24 September 2015

डा. विजय लिङ्देन


  डा. विजय लिङ्देन जीका केस्राहरु
"अवस्था"
दशै तिहार आयो आँसु झर्छ
अझै यहाँ कति सपूत मर्छ ?
संविधान दिई मख्ख नबन
हेराै तिम्रो विवेकले के गर्छ ?
बिहान मिर्मिरेमा तारा झर्छ
अब सद्भावको किरण सर्छ ।
०५/०६/२०७२
****   *****
   "नेता"

Sunday 4 January 2015

मौलश्री लिम्बू

       मौलश्री लिम्बू जीका केस्राहरु 


  "घोडा"
केस्रा प्रवर्तक:- मौलश्री लिम्बू
झापा,हाल- मलेसिया 

लगामहरु तोड्न लगायौ 
सराबरको पाठ पढायौ 

थिचोमिचोको खिलाफ भन्दै 
मार हान्नलाई अघि दौडायौ

घोडा न हो ! लगाम लगायौ
अन्तमा, उही तबेला पठायौ। 
०१-०१-२०१५

“झिल्का”

Saturday 3 January 2015

रविलाल ताजपुरिया

   रविलाल ताजपुरिया जीका केस्राहरु 

"वालक"
- रविलाल ताजपुरिया
झापा,हाल- जोहोर,मलेसिया
 

चाहना त हुन्छ
त्यसैले त रुन्छ

वालख वुद्धिले
ज्ञानलाई छुन्छ

भावना नि हुन्छ
हँसाउने गुन्छ ।
०३-०१-२०१५

  "सिद"

Friday 2 January 2015

केस्रा तेश्रो वार्षिकोत्सव-२०१५

"केस्रा तेश्रो वार्षिकोत्सव एवम् "सिम्मा" को विमोचन कार्यक्रम-२०१५ 


कार्यक्रमको ब्यानर 

केस्रा प्रवक्ता दिलिप राई 'सगर' जिको केस्रासंग्रह सिम्मा विमोचन गरिंदै:- प्रमुख अतिथि इन्द्र नारथुङ्गे
मन्तव्य:- कृतिकार / केस्रा प्रवक्ता दिलिप राई 'सगर'