- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 3 January 2015

रविलाल ताजपुरिया

   रविलाल ताजपुरिया जीका केस्राहरु 

"वालक"
- रविलाल ताजपुरिया
झापा,हाल- जोहोर,मलेसिया
 

चाहना त हुन्छ
त्यसैले त रुन्छ

वालख वुद्धिले
ज्ञानलाई छुन्छ

भावना नि हुन्छ
हँसाउने गुन्छ ।
०३-०१-२०१५

  "सिद"



चप्पल कर्लो माईं तुइं सिद
हाराय गेल भोक आर निद

हातेर नाधाल भात गे खामु
तहरे से मुइं भाङिये विद

जत्रा आझियेसे कर्नु सिद..१
गिदाम रङेर सदाय गिद।
[कोच भाषाको केस्रा ]
०३-०१-२०१५

  "धोखा"

प्रेम माला गाँसेर
किन राख्यौ फाँसेर

छाड्नै थियो यदि त
मेरो माया मासेर

अर्कै संग गांसेर
छाडी गयौ हाँसेर।

"केशमा"

तिम्रै कालो केशमा
भए नि विदेशमा

मन मेरो डुल्दैछ
जुमराको भेषमा

हराएछु केशमा
नयन निमेषमा।
०२-०१-२०१५

 "नीर"

नयन धोयो नीरले
विछोडिएको पीरले

विहेको रंगै नसुकी
फाल्यो सिन्दूर शीरले

पायो साथ यी नीरले
पति चै निन्द्रा चीरले।
०१-०१-२०१५

"हाँसो"

मुसुमुसु हाँसेर
मायाँजाल फाँसेर

वास लियौ दिलमा
प्रेममाला गाँसेर

गर्छौ कुरा हाँसेर
दु:ख पिडा मासेर।
३०-१२-२०१४

  "छोडेर"

मेरो संगत छोडेर
अर्कै रंगत जोडेर

सपनाले भरिएको
प्रेमको भाँडो फोडेर

गयौ मलाई छोडेर
माया वन्धन तोडेर।
३०-१२-२०१४

   "याद"

काहायँ बुझ्वे कह्लेसे
मन्ड त मोर जलेसे

घरेर याद करिये
पुर्नाला रिल चलेसे

दिलेर वात कह्लेसे
कानुन फुटे तलेसे।
३०-१२-२०१४
[कोच भाषाको पहिलो केस्रा]
खसनेपाली अनुवाद:-
    "याद"

कसले बुझ्ला भनेसी
मन त मेरो जलेसी

घरको याद गरेर
पुराना रिल चलेसी

दिलको कुरा भनेसी
रुवाइ फुट्छ तलेसी।
नोट:- तलेसी ( भित्रबाट अर्थात तलबाट) केस्रा संरचनाको नियम र मुल केस्राको भावलाई कायम राखि भाषानुवाद गर्नुपर्दाको वाध्यात्मक परिस्थितीले गरेको सृजना शव्द । 

No comments:

Post a Comment