- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 30 September 2015

विमल पोख्रेल

      विमल पोख्रेल जीका केस्राहरु  

     "मेरी आमा"
महान हुनुहुन्छ आमा मेरी
हुर्काउनु भो ममताले बेरी
सन्तानको खुशीमा आफु रम्दै
पीर ब्यथा आफ्नो हेर्दै नहेरी
स्नेहकी प्रतिमूर्ति आमा मेरी
पाउँ पुनर्जन्म यै कोख फेरी।
24 june 2015
***  ***
     "म"

बाह्रै घण्टा काममा हुन्छु
थरीथरी सपना बुन्छु
सम्झिएर आफ्ना आफन्त
हररात यादमा रुन्छु
जब जब म एक्लो हुन्छु
पीर व्यथा आँशुले धुन्छु।
24 जून 2015
***  ***
  "सम्झना"
जुनेली रातमा
तस्वीर हातमा
सम्झना उनकै
बितेका बातमा
एकान्त रातमा
नसाको मातमा।
8 july 2015
***   ***
      "प्रश्न"
पहिले किन नाता जोड़्यौ
अहिले फेरी किन तोड्यौ
हिड्छु सधै साथमा भन्थ्यौ
पाइला अन्तै किन मोड्यौ?
मायाको डोरी किन जोड़्यौ ?
समाई हात किन छोड़्यौ ?
24 जून 2015
***   ***
       "सन्देश"
आउनु प्रेमको चिराग बालेर
आउनु शँकाको पर्खाल ढालेर
के होला कसो होला अब जीवन
आउनु मनको द्विविधा फालेर
आउनु विस्वासको दीयो बालेर
आउनु सुस्तरी कदम चालेर ।
1 जुलाई 2015
(प्रयुक्त केस्राको तेश्रो हरफमा बाहेक अन्य हरफमा "आउनु" शब्द दोहोरिएकोले यो "आवृत्ती केस्रा" हो।)
***   ***
     "बिन्ती"
हाँसी हाँसी मीठो बोली
मनका ती कुरा खोली
चोखोमाया दिनेछु म
धनमा न देउ तोली
नरिसाईकन बोली
भर्छु माया तिम्रो झोली।
8 जुलाई 2015
***   ***
    "चिन्ता"
माया मेरो मार्यौ की
अन्तै दिल सार्यौ की
फोन पनि लाग्दैन
सिम अर्कै पार्यौ की
चाह सबै मार्यौ की
दिलबाटै झार्यौ की।
8 जुलाई 2015
(प्रयुक्त केस्राको अनुप्रास शब्दको पछिल्लतिर निपात शब्द "कि" लेखिएकोले यो "आवृत्ती केस्रा" हो।)
***   ***
     "तनाब"
तनाब भएको छ आज
मनमा बसेर त्यो बाज
चिथोरिरहेछ यो मन
गरेर मस्तिष्कमा राज
पीडामा छट्पटी भो आज
छैन गर्ने मन कै काज।
15 जुलाई 2015
***  ***
      "मेरी बहिनी"
गइछे माया ममता छोडेर
आमाबाबुको विस्वास तोडेर
घर ठेगान केहि थाहा छैन
अन्जानसंग साइनो जोडेर
चुपचाप जन्मघर छोडेर
अध्यारोतिर पाइला मोडेर।
15 जुलाई 2015
धरान २७, सुनसरी ।हाल- मलेसिया।

No comments:

Post a Comment