- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 21 November 2015

केस्रा लेखन कार्यक्रम

             बृहत केस्रा लेखन कार्यक्रम   
      साहित्यका विकास र विस्तारमा हरबखत लागि पर्ने यस गरौवशाली समूह "साहित्यिक चौतारी" ले आफ्ना  स्थापनाको शुरुवाती चरणदेखि विविध सृजना माथि छलफल र बहस दैनिक रुपमा सञ्चालन संगसँगै बेलाबेलामा बृहत् कार्यक्रमहरु गर्दै आएको कुरा सर्वविदितै छ। यस अगाडि बृहत् साँस्कृतिक कार्यक्रम र समुहगत सहभागिता शुरुवाती बृहत समसामयिक मुक्तक दोहोरी सम्पन्न गरीसकेको परीप्रेक्षमा हामी अबको चरणमा नेपाली साहित्यमा नवजात शिशुको अवस्थामा रहेको केस्रा विधाको पहिलो अनलाइन
कार्यक्रम मार्फत विश्वका साहित्य अनुरागी मनसम्म पुर्‍याउन "बृहत् केस्रा लेखन कार्यक्रम " गर्ने जमर्कोमा छौ।
         कार्यक्रम केस्रा विधाकै प्रवर्तक मौलश्री लिम्बू ज्यु तथा प्रवक्ता दिलीप राई सगर ज्युको सहजिकरणमा उल्लेखीत मिति र स्थानमा हुने तथा यस महान अभियानमा यहाँको सौहार्दपुर्ण सहभागिताका साथ कार्यक्रम सफल ,सभ्य र भव्य बनाउन हार्दिक निमन्त्रणा गर्दै कार्यक्रम निम्न स्थान र मिति हुने व्यहोरा जानकारी गराउदछौ।  
सहभागीताका लागि नियमहरु:-
१) केस्रा लेख्दा सिरानमा केस्रा नं र शीर्षक राखेर नाम ठेगाना तथा सामुहिक प्रतिनिधित्व भएमा आफुले प्रतिनिधित्व गरेको समुहको नाम खुलाउनु पर्ने छ।
२) केस्रा दुई दुई पंक्तिमा तीन भाग उठान, विश्राम,र बैठानको भाग छुट्याएर लेख्नु पर्ने छ।
३) केस्रासर्जकले जुनसुकै विषयमा जतिसुकै केस्रा लेख्न पाउने छन् तथापि व्यक्तिगत आक्षेप तथा अश्लिल शब्द प्रयोग गर्न पाइने छैन।
४) आकृति केस्रा वा आवृत्ति केस्रामा कुनै पनि बहर वा छन्दको प्रयोग गरि लेख्न सकिनेछ। जस बारेमा सिरानमा जनाउनु पर्नेछ अन्यथा संरचनाको आधारमा केस्रा मात्र बुझिनेछ।
५) केस्रा दोहोरी पनि हुनसक्ने छ, यदि सवाल जवाफमा राख्नुभएको केस्रा हो भने को केस्राकारको कति नं केस्राको जवाफ त्यो खुलाउनु पर्ने छ। महत्त्वपूर्ण कुरा दोहोरी राख्दा पनि तपाईंको केस्राको भाव अर्को साथीको केस्रा पढ्दा मात्रै खुल्ने गरि पुर्ण रुपमा परआश्रीत केस्रा लेख्न पाइने छैन।
६) केस्रासर्जकको आवश्यकता हेरी सहजकर्ताहरुले रिप्लाई अप्सनबाट वा कमेन्टमा नै ट्याग गरेर सुझाव राख्न सक्नुहुनेछ तथापि अन्य सहभागीले अत्यावश्यक काममा मात्रै रिप्लाई अप्सन प्रयोग गर्नुपर्नेछ केस्रा जवाफका लागि यो अप्सन प्रयोग गर्न पाईनछैन।
७) उत्कृष्ट १० जनाको केही केस्रा, केस्रा लेखन मञ्च को आगामी दस्तावेजमा समावेश गरिनेछ।
८) आयोजकले तय गरेको छनोट समितिले सिफारिस गरेका केस्रासर्जकलाई पुरस्कृत गरिने छ तथापि छनोटको आधार ४०% संख्यात्मकता र ६०% गुणस्तरीयता हुनेछ ।
९) सिफारिस भएका केस्राकार मध्ये उत्कृष्ट चारजनालाई नेपाली रुपैयाँ क्रमश ,२०००,१५००,१००० र ५०० राशीका साथ प्रमाणपत्र प्रदान गरिनेछ।
१०) पुरस्कृत केस्रासर्जक मलेसिया वा नेपाल भए नीजकै नाममा पुरस्कार प्राप्त हुने छ अन्य मुलुकबाट हुदा नीजले चाहेको नेपालका आफन्तलाई सो रकम बराबरको पुरस्कार उपलब्ध गराइने छ। 
११) कार्यक्रम अबधिमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय आयोजकको हुनेछ।
१२) समय र परिस्थिति हेरी आयोजकले कुनै पनि बेला सर्वव्यापी मान्यताका नियम थपघट गर्न सक्नेछ।
मिति:-- २०७२-८-६ (22/11/2015)
स्थान :- https://m.facebook.com/profile.php?id=1175277752488651 साहित्यिक चौतारीको फेसबुक पेजमा
समय:- नेपाली समय बीहान १०:००बजे बाट बेलुका १०:०० बजे सम्म १२ घण्टा
आयोजक:- साहित्यिक चौतारी परिवार।

No comments:

Post a Comment