- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 8 May 2016

शिर्षक एक केस्रा अनेक-११

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -११ अन्तर्गत "नारी दिवस" को अवसरमा "नारी दिवस" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:-
~~~~   ~~~~   ~~~~~~
     "नारी दिवस"
हुन्न  गरेर मात्र  जल  कलश
मान्छौ भनेर यहाँ नारी दिवस
नारी नै हुन देवि कालिको रुप
भर्नु तिमीले मनभित्र  साहस
लिएर अधिकार भर्दै कलश
भरौ नारीको ज्ञानको यो मानस।
- रमेस रसिक
निजगढ  ।
****     *****    ****
     "नारी दिवस"

Thursday 7 April 2016

दिलिप राई 'सगर'

      दिलिप राई 'सगर' जीका केस्राहरु
         "अठोट"
केस्रा  लेखेर  मरे  मरिन्छ
लेखिरने  कोशिस गरिन्छ
नेपाली  साहित्य  मौलाउन
साहित्यको भन्डार भरिन्छ
सपना   पूरा   गरि  मरिन्छ
अमर  नाउँ  सुवास छरिन्छ ।
***    ****    ****
        "डोको"      

Monday 28 March 2016

शिर्षक एक केस्रा अनेक-१०

नवज्योति नेपाली साहित्य समाजद्वारा नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -१० अन्तर्गत दुर्घटना ग्रस्त तारा एयरको विमानमा मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै "समवेदना" शिर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.....
~~~~~     ~~~~~~   ~~~~
         "समवेदना"
डर लाग्छ जब म गर्छु कल्पना
कसरि भयो खै प्लेन दुर्घटना
शोक स्तब्ध परिवारहरु प्रति
धैर्य गर्ने शक्ति मिलोस् है कामना
दु:खि मन बनाई गर्दै कल्पना
मृतक आत्माप्रति समवेदना।
- केशब शाही
दैलेख।
***    ****   *****
       'संमवेदना'

Friday 25 March 2016

विमल पोख्रेल

विमल पोख्रेल जीका केहि केस्राहरु
     "रहर"
माया लाउने मेरो रहर
पूरा गर्ला कुन शहर
अचेल जताततै देख्छु
मायालु जोडीको लहर
र त लाग्यो मलाई रहर
माया खोज्दै हर प्रहर ।
***   ***
    "आवेग"

Sunday 20 March 2016

शिर्षक एक केस्रा अनेक-९

      नवज्योति नेपाली साहित्य समाजको नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -९ अन्तर्गत  "प्रजातन्त्र दिवस" को अवसरमा "प्रजातन्त्र दिवस" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.......
-नवज्योति नेपाली साहित्य समाज
~~~~~*******~~~~~~
        "प्रजातन्त्र दिवस"
समस्त  प्रजाको  भएको  छ  जित
चिताउ    सबैले   दु:खियाको   हित
भाइचारा   बढाउ    प्रेम   भावले
घृणा  भुली  खुशीमा  लगाई मित
हुनेछ   सदैब   प्रजाको   नै   जित
साटौ खुशी मानी चली आ'को रित।
- बिष्णु कार्कि
****    ****    ****
     "प्रजातन्त्र दिवस"

Wednesday 16 March 2016

सन्दिप संग्रौला 'दिलदु:खी'

    सन्दीप संग्रौला "दिलदु:खी"जीका केस्राहरु
    "अनाथ"
त्यो बाटोमा कोही रुँदैछ
बेला बेला मुर्छा हुँदैछ
भोको नाङ्गो हेर विचरा !
जुठो पुरो खाना छुँदैछ
छ कारण र त रुँदैछ
आँसु बनी दु:ख चुँदैछ।
****   ***    ****
      "टुकी"

Thursday 25 February 2016

शिर्षक एक केस्रा अनेक-७

नवज्योति साहित्य समाज परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -७ मा "जिन्दगी" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु:-
~~~~******~~~*****~~~
         "जिन्दगी"
हाँसो खुसी सराबरी जिन्दगीमा
मुस्कान ओठमा आँसु परेलीमा
आफै बोक्सी आफै धामी बन्नुपर्दा
चल्छ छुरा जानाजान कलेजीमा
नातासंगै स्वप्ना टुट्दा जिन्दगीमा
जान्छ बाँकी लक्ष्य सबै अंधेरीमा ।
- निस्चल आँसु घायल
होक्लाबारी-३, मोरङ्
अचेल- मलेशिया।
***    ****
          "जिन्दगी"

केस्रा कार्यपत्र:- असफल गौतम

      केस्रा लेखनका चुनौती र सम्भावना:
                     - असफल गौतम    पोखरा।
सन्दर्भ:नेपाली वाङ्मयको क्षेत्रमा आख्यान, गैह्र आख्यान र जापानी छन्दका कविताहरूले आफ्नो राज जमाइरहेका छन्। यस्तो वेलामा नेपाली माटोको सुगन्ध बोकेर एक विधाको प्रतिपादन भएको छ, त्यो हो केस्रा। यो सुखद् समाचार हो। विधिवत घोषणाका साथ केस्रा विधा लेखन थालिएको आज चार वर्ष बितिसकेका छन्। केस्रा विधाको समुन्नत भविष्य निर्माणका लागि केस्राको विधागत विकास र मार्ग निर्देशनार्थ विभिन्न गोष्ठी तथा सभा समारोह हुन थालेका छन्।
विषयप्रवेशः सतासीधाम–३ झापाका शेरबहादुर लावती र मिलन कुमारी माबोको कोखबाट जन्मेका सन्तानमध्येका असल सन्तान हुन् मौलश्री लिम्बु। १० जोड दुईसम्मको अध्ययन गरेका लिम्बु सन् २००६ देखि घरदेश छोडेर परदेश भाँसिए। मलेसियामा जिन्दगीको धुँवा उडाएर दुई चार पैसा जोडे। लाग्छ, उनले केही आर्थिक सम्वृद्धि बाहेक जीवनमा अरू केही गर्न सकेनन्। वर्षौ मलेशिया भाँसिएका मौलश्री गुमनाम नै रहे। लामो समयको अन्तरालमा उनले केही साहित्यिक विषयमा सोच्न थाले। चाणक्यले कतै भनेका छन्,
मनसा चिन्तितं कार्य वचसा न प्रकाशयेत्।
मन्त्रेण रक्षयेद् गूढं कार्ये चापि नियोजयेत्।।

शिर्षक एक केस्रा अनेक-८

नवज्योति साहित्य परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -८ मा "प्रणय दिवस" शीर्षकमा
लेखिएका केस्रा सर्जकहरुको केस्रा
~~~~*****~~~~*****~~~~
      'प्रणय दिवस'
प्रेमको   प्रतिक    गूलाव   दिएर
फाटेको  यो मन   स्नेहले  सिएर
आगों  दुवै   तर्फ   बलेको   रहेछ
प्यास मेटायौ चिसो घुट्को पिएर
बैना   स्वरूपको   चुम्वन  दिएर
तृप्ति भयौ  भन्ने संकल्प  लिएर।
- विनोद 'पाल्पाली'।
***    ***
        "प्रणय दिवस"

Friday 12 February 2016

शिर्षक एक केस्रा अनेक-६

नवज्योति नेपाली साहित्य समाज परिवारद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -६,अन्तर्गत "साहित्य" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:
~~~     ~~~~~~
        "साहित्य"
साहित्य एउटा  खुबी हो  मेरो
गाउने   गर्छु   यहीं   सेरोफेरो
यसैले  नै  जिन्दगी  त  बन्दैन
तर यो  बिना  हुन्छु  म अँधेरो
यो त  जहिल्यै  रहर  हो  मेरो
यहीँ नै बन्यो जिन्दगीको घेरो।
- दिल प्रकाश मगर भावुक
***     ***
         "साहित्य"

Sunday 31 January 2016

शिर्षक एक केस्रा अनेक-५

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग-५, अन्तर्गत आज "प्रवास" शीर्षकमा लेखिएका केस्राहरु:-
~~~*****~~~~
       "प्रवास"
गरीबीले गर्दा प्रवास धायो
न खाचो टार्ने सम्पति कमायो
सरसामान जस्तो बेचिएछ
खाडि आए पछि पो थाहा पायो
सुखको सपना बोकेर धायो
आफ्नै लास बाकसमा फर्कायो।
- प्रीन्स याक्खा 'प्यासि'
संखुवासभा,हाल-अफगानिस्तान।
****    ****
        "प्रवास"

Wednesday 27 January 2016

केही केस्राहरु-२ (२०७२)

इन्द्र नारथुङ्गे,उमा वत्स र केशव न्यौपाने जीका केस्राहरु
"स्मृति"
एकोहोरो परिरहेछ पानी
भिजाउने पो हो कि यो जवानी ?
मन चञ्चल चञ्चल बनेर
लान खोज्दैछ रे बाहिर तानी
स्मृती बल्झाउँदै पर्दैछ पानी
अहा ! असारे झरीको कहानी ।
---   ---
      "औकात"

उमा वत्स र दिलिप सगर

उमा वत्स र दिलिप राई सगर जीका केस्रा दोहोरी
~~~****~~~~***
"प्रीति"
मन्दिर धाएँ
तिम्लाई पाएँ
आधार खोज्दै
यो गीत गाएँ
तिमीमै धाएँ
पिरती लाएँ ।
        - उमा वत्स
***
"थाहा"
मन्दिरमा धाउँदा
मेरो छेउ आउँदा
थाहा पाएको मैले
सुलेलीमा गाउँदा
मतिर नै धाउँदा
ती नैन लजाउँदा ।
            - सगर
***
    "यात्रा"

Thursday 21 January 2016

शिर्षक एक केस्रा अनेक-४

नवज्योति नेपाली साहित्य समाजले सुरु गरेको "शीर्षक एक केस्रा अनेक" भाग-४, अन्तर्गत"आमा" शीर्षकमा लेखिएका केस्राहरु:-
****~~~~*****
           शीर्षक- "आमा"
यो धर्तिमा तिमीले जन्म दिलायौ
दश  धारा  दुध मलाई   पिलायौ
छिद्र  परे  पनि वेदनाले आफू
मेरो मुस्कानले कलेजी  सिलायौ
गह  धुदै आँशुले  खुशी  दिलायौ
धन्य दैव म र त्यो काख मिलायौ।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा ,हाल: दुबई।
***    ***
        "आमा"

Sunday 17 January 2016

एक शिर्षक अनेक केस्रा-३

नवज्योति नेपाली साहित्य समाजमा "एक शीर्षक केस्रा अनेक" अन्तर्गत भाग-३ का लागि 7 जनवरी 2016 का दिन "बेरोजगारी" शीर्षकमा लेखिएको केस्राहरु।
*** ~~~~   ***
      'बेरोजगारी'
प्रवास आए खोज्दै रोजगारी
देश अनि माटोको माया मारी
देशमा कतै रोजगार छैन
नेता जति भए सबै भ्रष्टाचारी
नपाउदा देशमा रोजगारी
खाडिको तातोमा बोक्दैछु भारी।
- प्रीन्स याक्खा 'प्यासी'
संखुवासभा,हाल अफगानिस्तान।
***   ***
        "बेरोजगारी"

Saturday 9 January 2016

डा. विजय लिङ्देन

      डा. विजय लिङ्देन जीका केस्राहरु
      "माङ्तोक"
सहिद हुँ म के मलाई चिन्छौ ?
झगडा गरि किन दु:ख दिन्छौ
छातीमा गोलि थापेको होईन
अबिर माला केका लागि किन्छौ
यो राज्यको दुश्मन तिमी चिन्छौ
लिम्बुवानको सुख किन लिन्छौ।
* माङ्तोक= लिम्बुवान आन्दोलनका सहिद।
***    ***    ***
         "ईच्छा"

Friday 8 January 2016

रोमन सुनुवार "पीडा"

      रोमन सुनुवार "पीडा" जीका केस्राहरु
    "पसिना"
श्रमको थोपा थोपा दाना
बटुले हुन्छ मुरी माना
पौरखी हात श्रम बेच्छ
जमाएर दुई चार आना
बगाएर पसिना दाना
सहेर नै श्रमको घाना।
***    ***    ***
   "हस्तक्षेप"

Wednesday 6 January 2016

एक शिर्षक अनेक केस्रा-२

नवज्योति नेपाली साहित्य समाजले आयोजना सुरु गरेको "एक शीर्षक अनेक केस्रा" अभियान अन्तर्गतको दोस्रो श्रृंखलामा नव वर्ष 2016 को अवसरमा 2 जनवरी 2016 का दिन "नव वर्ष" शिर्षकमा लेखिएका केस्राहरु।
~~~~~~~~~~~
  केस्रा-१,   "नव वर्ष"
सबै सामु छर्दै उमंग र हर्ष
आयो फेरि अर्को एक नयाँ बर्ष
सुख दु:ख हाँसो खुसी के के भयो
पुरानो त्यो सालको गरौँ विमर्श
दु:ख हटेर सबैमा छाओस् हर्ष
हासोको लागि गरौँ अब संघर्ष ।
- निस्चल आँसु घायल
मोरङ् ,हाल - प्रवास
---------------------------
केस्रा- २

Tuesday 5 January 2016

केस्रा चौथो वार्षिकोत्सब-2016

      "केस्रा विधाको चौथो वार्षिकोत्सव"
     केस्रा विधाको चौथो वार्षिकोत्सब कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम "प्रथम अन्तर्राष्ट्रिय केस्रा सङ्गोष्ठी एवम् विविध कार्यक्रम" झिलझिले झापाको सतासी साप्ताहिक पत्रीकाको कार्यलयमा 1 जनवरी 2016 मा सम्पन्न भएको छ।
* सभापति(केस्रा प्रवर्तक)- मौलश्री लिम्बू , प्रमुख अतिथि (केस्रा सल्लाहकार)- भक्तीप्रसाद पौडेल -मोरङ,विशेष अतिथी केस्रासर्जक- डा. विजय लिङ्देन,अतिथीहरु:- मुक्तिनाथ शर्मा - दार्जिलिङ,भारत,असफल गौतम -पोखरा,कास्की,रेगिस्तानी कवि तिर्थसंगम राई,समीर पारखी -पाँचथर।
* वक्ताहरु:- सेलिङ केसि,विराट किराँती,सुन्दर कुरुप,कृष्ण उदासी।
* कार्यक्रम संचालक:- इक्शाहाङ चेम्जोङ
* स्वागत मन्तव्य:- चन्द्रा चाम्लिङ
* कार्यक्रम सहयोगी:- राई रुमानी,विजय दंगाल,उर्मिला राई,कोपिला गौतम,सुरन्जन घिमिरे,सागर तबेबुङ।
* केस्रा विधामा दत्तचित्त भै लागि परिरहनु हुने दस जना केस्रासर्जकहरुलाई प्रशंसा-पत्र:-