- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 6 January 2016

एक शिर्षक अनेक केस्रा-२

नवज्योति नेपाली साहित्य समाजले आयोजना सुरु गरेको "एक शीर्षक अनेक केस्रा" अभियान अन्तर्गतको दोस्रो श्रृंखलामा नव वर्ष 2016 को अवसरमा 2 जनवरी 2016 का दिन "नव वर्ष" शिर्षकमा लेखिएका केस्राहरु।
~~~~~~~~~~~
  केस्रा-१,   "नव वर्ष"
सबै सामु छर्दै उमंग र हर्ष
आयो फेरि अर्को एक नयाँ बर्ष
सुख दु:ख हाँसो खुसी के के भयो
पुरानो त्यो सालको गरौँ विमर्श
दु:ख हटेर सबैमा छाओस् हर्ष
हासोको लागि गरौँ अब संघर्ष ।
- निस्चल आँसु घायल
मोरङ् ,हाल - प्रवास
---------------------------
केस्रा- २
आउ नयाँ बर्ष हामी माझ आउ
हर्ष उल्लास बनी मितेरी लाउ
कुरुक्षेत्रको  दुर्योधन  होईन
शान्ती बन्दै ती दुस्टलाई सक्काउ
पुराना पत्झर नष्ट गरि आउ
क्रान्ति होईन शान्ति बनेर छाउ।
- आवास थापा
-----------------------------
केस्रा-३,
नयाँ जोस  जाँगर  बोकेर  आउ
सवै नेपालीमा हाँसो खुशी छाउ
मंहगीको चपेटामा डुव्यौ  हामी
बढेको  मंहगी  चाडै   नै  घटाउ
नयाँ वर्ष तिमी शान्ति बोकी आउ
फाटेको  मनमा  औषधी  लगाउ।
- रमेश रसिक
निजगढ-4,बारा
---------------------------
केस्रा-४
सबै नेपाली एकै ठाउँ  गाँसियोस्
सफलताले नै शिखर चुमियोस्
साल बर्ष भित्रको  पात्र होईन
चुहिने हातको अञ्जुली फेरियोस्
आगमनमा फूल माला गाँसियोस्
दु:ख र  पीडाको  मुहान थुनियोस् !
- बिकेन्द्र सहयात्री
ओखलढुंगा
---------------------------
केस्रा-५
अधुरा नहुन कुनै सपना
पूरा होस् त्यो मनको चाहना
सुखले कैले साथ नछोडोस्
दु:खको नहोस् कुनै तर्कना
नबसोस् गुम्सी तिम्रा सपना
यहि छ मेरो शुभकामना ।
- आयुषा कार्की
----------------------------
केस्रा -६,
सधै हर्ष अनि खुसी बोकि आउ
पूरा गर्दै ईच्छा मनै भित्र छाउ
तिम्रो आगमन संगसंगै अझ
छुट्नै नसक्ने गहिरो माया लाउ
हाम्रो चाहानाको दीप बाल्दै आउ
पुग्नु है ! ज्योती छर्दै प्रत्येक ठाउँ ।
- उमा दहाल
----------------------------
केस्रा-७
पन्ध्र गयो लाखौ चोट दिएर
आउ नयाँ बर्ष खुसी लिएर
तिम्रो आगमन स्वीकार्न सकुँ
गत बर्ष फाटेको मन सिएर
पुरानो बर्षलाई बिदा दिएर
बाँच्न सकुँ सारा अमृत पिएर।
- योगेन ढोली
---------------------------
केस्रा -८
आयो उमंग हर्ष बोकेर
पन्ध्र गएर सोह्र ठोकेर
खुसी दियोस् यो नयाँ बर्षले
आँसु पुछी सबैको रोकेर
उत्साह र जाँगर बोकेर
एक बर्ष अवधी तोकेर ।
- सुनिता सापकोटा
-------------------------
केस्रा-९
बसन्ती   मधुमास   छरेर   आउ
नभुल है खुशी साथ साथै ल्याउ
धेरै  बगे आँसु पन्ध्र चल्दाखेरी
म गर्छु बिन्ती  नदेउ  अब  घाउ
खुशी हर्ष बोकि  नव  बर्ष आउ
अजम्बरी फूल झै प्रीति लगाउ।
- बिष्णु कार्की
--------------------------
केस्रा -१०
खुशीको लहर सबैमा छाओस
पीडाहरु रत्तिभर न आओस
हर पीडा भुलाई नव बर्षले
सबैको मुहारमा खुशी ल्याओस
चारैतिर खुशियाली छाओस
भ'को दु:ख सबै दुर भै जाओस ।
- इन्दिरा कुमाल
---------------------------
केश्रा-११
नयाँ बर्ष आउ छर्नु पर्छ रंग
हाँसो खुशी प्राप्त होस् सबैसंग
पन्ध्र सोह्र माझधारमा छौँ आज
खुशीयाली  देख्छु सबै छन् दंग
पन्ध्र जाउँ  सोह्र आउ भर्दै रंग
सबको जीवनमा ल्याउ उमंग ।
- सुमन (जलेको मन )
---------------------------
केस्रा -१२
फेरिएछ ऋतु नयाँ बर्ष बनि
अनि पल्टिएछ नयाँ पात्रो पनि
पोहोर झै घडिले फेरि बोलायो
सजाई भित्ता सेकेन्ड गनि गनि
कसैको हर्ष कसैको पीडा बनि
आयो नयाँ बर्ष घट्यो आयु भनि।
- सागर जंग देवान
संखुवासभा
-------------------------
केस्रा -१३
जिन्दगीले सुखकाे गित गाओस
जीवनमा हर्ष उल्लास छाओस
शुभकामना छ याे नवबर्षकाे
खुसि मै रमाई याे बर्ष जावाेस
सबैकाे जीवनले खुसि गाओस
अधुरा काम मेट्ने पल आओस।
- रिदिमा एकल यात्री
बाग्लुङ
--------------------------
केस्रा- १४
फेरी आयो नयाँ बर्ष
सबमा भर्नेछ हर्ष
मनमा पीडा हुँदामा
कस्ले गर्ला याँ उत्कर्ष
सधैं आउ यस्तै बर्ष
पन्ध्र जाँदै सोह्र स्पर्श ।
- साबित्रा घिमिरे
~~~~~~~~~~~~~~~~~~~
केस्रा - १५
मनमा खुसि फेरी छाओस
बाधा विघ्न फर्केर जाओस
नयाँ  लहर  बोकि  पवन
ऋतु वसन्त भेट्न पाओस
सदैब   खुशी   हर्ष  छाओस
ज्योतिको झैँ उज्यालो आओस।
- मन्जु अन्जना
~~~~~~~~~~~~~~~~
केस्रा=१६
फेरि पनि खुसी बोकेर आयो
सबैको मनमा उमंग छायो
भुलेर ती पुराना घाउहरु
खुसीमा मिलेरसंगै रमायो
सुख अनि शान्ति बोकेर आयो
हर्ष बढाईमा नयाँ गीत गायो  ॥
- सिमा कार्की
~~~~~~~~~~~~
केस्रा -१७
गरीब रुँदा जैले हास्छन् धनि
आँखा जाऊन है गरीबमा पनि
खै कसरी दिने शुभकामना
अन्योलमा परेको छु आज म’नि
ख़ुशी मिल्छ अनि तिमी हाँस धनि
बोकेर  आए केस्रा स्विकार्नु भनि।
- बिरेन्द्र भाई
      खोटाङ्
~~~~~~~~~~~~~~~~~~
केस्रा-१८
हर्ष उल्लास छाओस् सबैतिर
खुसी मिलि हटोस् दु:ख र पिर
पुराना घाउ पुरि मेटोस् खाटा
नयाँवर्षले बद्लीओस् तक्दिर
सुख र खुसी छाओस्  सबैतिर
कैले नझुकोस् नेपालीको शिर।
- तारा दिप्साली
धरान
~~~~~~~~~~~~~~~~~
केस्रा-१९
हाँसो खुसि र उमंगको स्पर्श
छरेर आओस् है यो नयाँ वर्ष
नविनतम् कार्यको थालनी होस्
भोग्नु नपरोस्  दु:ख र संघर्ष
जनताले पाओस् शान्तिको स्पर्श
देशमा होस् अन्यौलको निष्कर्ष ।
 -  प्रीन्स याक्खा प्यासी
     संखुवासभा
हाल अफगानिस्तान।
~~~~~~~~~~~~~~~~~~~~
श्रोत:- नवज्योति नेपाली साहित्य समाज
~~~~~~~~~~~~~~~~~~~~~
          "समाप्त"

No comments:

Post a Comment