- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 31 January 2016

शिर्षक एक केस्रा अनेक-५

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग-५, अन्तर्गत आज "प्रवास" शीर्षकमा लेखिएका केस्राहरु:-
~~~*****~~~~
       "प्रवास"
गरीबीले गर्दा प्रवास धायो
न खाचो टार्ने सम्पति कमायो
सरसामान जस्तो बेचिएछ
खाडि आए पछि पो थाहा पायो
सुखको सपना बोकेर धायो
आफ्नै लास बाकसमा फर्कायो।
- प्रीन्स याक्खा 'प्यासि'
संखुवासभा,हाल-अफगानिस्तान।
****    ****
        "प्रवास"
सुनौलो भविष्यको गरेर आश
छिरियो धन कमाउन  प्रवास
पैसा फल्ने बोट रै'नछ यहाँ त
भयो बाबाको ती धन सर्वनास
चकनाचुर हुँदैछ सबै आश
जिन्दगी हुन थालेकोछ हतास।
-रमेश रसिक
निजगढ।
***    ****
            "प्रवास"
बोझिलो लाग्छ साँचै नै प्रवास
न पाइयो आफ्नोपनको आभास
जीवन बित्यो अर्कैको देशमा
कति पो गर्नु  सम्पतिको आश
फर्कन्छु देश बस्दिन  प्रवास
मायाको सामु लागेन है खास।
- सावित्रा लुइँटेल घिमिरे
****   ****
           "प्रवास"
सधैँ गाउँघरको  भएँ म प्यासी
यस्तै छ खबर परेँ जो प्रवासी
अनेकौं किसिमका,दुखै दु:ख छन्
जो चल्छ  मनमा ,रडाको  उदासी
कतै देख्छु आत्मा , दुखाएर प्यासी
कसैले  गर्‍या  छन् , यहाँ बदमासी।
- दिल प्रकाश मगर " भावुक "
सल्यान हाल मलेसिया।
****    ***
       "प्रवास"
प्रवासले पार्‍यो मरे सरी
भोगिदैंछ पीडा नाना थरी
उर्लिएर नदी सरि बग्छन्
भरिएर आँसु आँखा भरी
बनिएछ आज दासी सरी
जीउदैछु अमूल्य श्रम गरि।
- योगेन।
(सर्वोत्कृष्ट केस्रा)
****    ****
         "प्रवास"
गर्नु पर्छ श्रम पसिना बगाई
आफू रुँए नि परिवार हँसाई
प्रवासी भूमि अर्काको गाली सधै
सहनै पर्ने बिदेशीको हेपाई
घाममा खट्नु छ पसिना बगाई
सुखका सपना छातीमा सजाई ।
- निस्चल आँसु घायल
मोरङ् ,हाल - प्रवास।
****    ****
        "प्रवास"
सुखको  महशुस  चतरा  शिक्षा
हो प्रवासबाट  हुँदैछ  समिक्षा
पढें ऋणि  बनी साहुको पैसामा
आज ब्याज तिर्न हुँदैछ प्रतीक्षा
लक्ष्य मेरो थ्यो हासिल उच्च शिक्षा
विडम्बना लक्ष्य आज बन्यो भिक्षा ।
- गोबिन्द पुन भावुक रोल्पाली
जुगार ९ रोल्पा,हाल: क्वालालम्पुर,मलेसिया ।
***   ****
         "प्रवास"
देखेर  सपना  बोकेर आश
गाउँ घर छाडी हिडें प्रवास
अरुको  खटन  दास प्रथाले
जिन्दगी बनेछ जिउँदो लास
गयो खेर सबै लिएको आस
प्रवासमा भयो पसिना नास।
- बिष्णु कार्कि
(उत्कृष्ट केस्रा)
***     ****
          "प्रवास"
श्रम गर्न हुन्छौं अर्काको दास
मालिकको सामु हुँदैनौ खास
कैयौं आस बोकि आउँनेहरु
फर्कि जान्छ कति बनेर लास
बाध्यताले  बनाउँदा   उदास
यस्तै रै'छ यहाँ स्वार्थी प्रवास।
- निश्चल तामाङ "आरम्भ"
सिन्धुली,हाल- मलेसिया।
****    ****
          "प्रवास"
न खुशी पाइयो न हाँसो पाइयो
नबुझी  त्यसै  प्रवासमा धाईयो
बन्दकी  घर राखेर  ऋण लिई
मुग्लानमा बसी खै के कमाईयो
स्कुल  कलेज पढेर के पाइयो
अर्कैको देशमा ठक्कर खाइयो।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा ,हाल: यूएई।
****    ****
         "प्रवास"
पलपल मर्दैछु म प्रवासमा
जीवन अल्झ्यो एकमुठी सासमा
स्वतन्त्रता भन्ने के हो थाहा छैन
ईमानदारीता बेच्दै छु दासमा
बित्ने भयो यो जिन्दगी प्रवासमा
कारण  साच्चै गरिबी हो खासमा ।
- आयुसा कार्कि
सिन्धुपाल्चोक ।
****     ****
           "प्रवास"
सोचेको जस्तो कहाँ हुन्छ प्रवास
खै कसरी यहाँ अल्झेको छ सास
सम्झना आउँदा आमाको मलाई
मन   रुँन्छ  र   बनाउछ  उदास
बाध्यताले आज आएँ म प्रवास
फर्किने पो हो कि भएर म लास ।
- पेम्बा डोल्मा "प्रकृति"
सिन्धुपाल्चोक ,हाल: टर्की।
****     ***
          "प्रवास"
बोकेर सपनाहरु हिड्नु पर्छ
कोहि फर्किन्छ त कोहि उतै सड्छ
भाग्यको दौरानमा कठै नेपाली,
जोखिम मोल्न प्रवासतिर बढ्छ
कहिले भोक खपेर खट्नु पर्छ,
यति गर्दा पनि खै त दु:ख हट्छ।
- जंग देवान 'सागर'
संखुवासभा ,हाल- उर्लाबारी।
(उम्दा केस्रा)
****     ****
         "प्रवास"
बाध्यताले हिड्नु पर्यो प्रवास
टार्नको लागि तिनै दुई गाँस
प्रवास आएँ मातृत्व जो त्यागि
पीर लाग्छ उड्ने हो कि यो सास
आउँदा घर त्यो छोडि प्रवास
लाग्छ दैब पनि भएन खास।
- तारा दिप्साली
भोजपुर ,हाल धरान।
****    ****
        " प्रवास"
गाउँघर  जस्तो  हुँदैन  प्रवास
बन्नु पर्छ सधैं मालिकको दास
डिउटी खट्नै पर्ने भोको पेटमा
यी  पीडाले मन भैदिन्छ  निराश
भन्नलाई त सजिलो  छ प्रवास
भोग्नेलाई मात्र थाहा हुन्छ खास।
- दिपेन्द्र थापा मगर
माझकाँडा-१ सल्यान,हाल= मलेशिया।
****    ****
          "प्रवास"
साहुकाे ऋणले बनायाे प्रवासी
बाँच्नु परेकाे छ यहाँ हुँदै दासी
पलपलमा  मरेर  बाँचेकाे  छु
बेकार आएँ अटुट नाता गाँसी
बाध्यतामा हाे  भएकाे  म प्रवासी
जीउँदै छु यहाँ त्याे सपना मासी।
- रचना रचु
काठमाडौं
****   ****
        "प्रवास"
क्षितिज पारीको  यो प्रवास
नितान्त एक्लो हुन्छ आभास
उदेक  लाग्दो  क़ैदी  सरह
भोग्नेलाई थाहा हुन्छ रास
खै कति खट्नु पर्ने प्रवास
मौका छैन टिप्नलाई गाँस।
- विनोद पाल्पाली
(सह्रानिय केस्रा)
****     ****
         "प्रवास"
खाडीमा बित्ने भो आधा जिन्दगानी
आएन दु:खीको सुनौलो बिहानी
सोचेँ जस्तो भएन जीवनरेखा
फिक्का हाँसो छर्छ पीडामा मुग्लानी
गर्दा मरूभूमिमा श्रम लगानी
रित्तिएन कैलै दु:खको त्यो खानी।
- सुमन अज्ञात यात्री
****    ****
       "प्रवास"
लाखौ सपना बोकेर मन भरी
गर्दैछु दु:ख म खाडीमा बेसरी
नहुँदा पूरा यो मनको चाहना
रुँदै मन प्रवासमा धरधरी
न  सजाउनु सपना मन भरी
गर्नलाई पूरा त्यो समुन्द्र तरि।
- बिकेन्द्र सहयात्री
ओखलढुंगा

No comments:

Post a Comment