- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 9 January 2016

डा. विजय लिङ्देन

      डा. विजय लिङ्देन जीका केस्राहरु
      "माङ्तोक"
सहिद हुँ म के मलाई चिन्छौ ?
झगडा गरि किन दु:ख दिन्छौ
छातीमा गोलि थापेको होईन
अबिर माला केका लागि किन्छौ
यो राज्यको दुश्मन तिमी चिन्छौ
लिम्बुवानको सुख किन लिन्छौ।
* माङ्तोक= लिम्बुवान आन्दोलनका सहिद।
***    ***    ***
         "ईच्छा"
रातभर जून टहटह लाग्यो
आज मेरो निन्द्रा कतातिर भाग्यो
तिमीलाई मैले सम्झी रहेकोछु
मनले मेरो मायालुलाई माग्यो
आजभोलि धेरै बाँचु बाँचु लाग्यो
जीवनमा एक हुने ईच्छा जाग्यो।
***    ***    ***
       "नेपाली"
हरियो वन नेपालको धन
उजाड भए त्यो हरियो वन
धेरै विदेश जान वाध्य भए
हाम्रो धन विदेश जाने जन
पौरखी हात नेपालको धन
प्रगतिशील बनाउ है मन।
***    ***    ***
     "आकर्षण"
तिम्रो त्यो स्वप्निल रंग
देखेर म भएँ दंग
कति सुन्दर छौ तिमी
एकाग्रता भयो भंग
तिमीमा ईन्द्रेणी रंग
छायो है नयाँ उमंग।
***    ***    ***
        "बिन्ती"
सम्पत्ति र शक्ति हो हाम्रो खोला
नबेच कति हाम्रो मन रोला
तिमी केसंग सम्झौता गर्ने हो ?
सोच भोलि अति नराम्रो होला
रोक रगत र आँसुको खोला
नबोकौ दान र भिखको झोला।
***    ***    ***
         "भोलि"
तिमी प्रधानमन्त्री बन्दैछौ ओलि
किन अराजक तुक्का तिम्रो बोली
राजनेता बन्ने कोसिस गर है !
नखेल जनताको खुनको होलि
यो सायद,अन्तिम मौका हो ओलि
कसैले व्यर्थै नसरापुन भोलि।
***    ****    ***
        "खबरदार"
बिस्तारवाद नीति भारत देश
सिक्किमीकरण खेल भइ चेस
नेपाल भ्रमण चाल थियो तिम्रो
खडा गर्यौ गृहयुद्ध परिवेश
यो हो स्वाभिमानी नेपालीको देश
नभड्काउ हाम्रो तराई मधेस ।
***     ****    ***
      "बहत्तर साल"
वर्षको सुरुवात जमिन घुम्यो
आशा धरहराले जमिन चुम्यो
बहुमत संविधान जारी गरे
विरोधसंगै सबै सद्भाव गुम्यो
फलस्वरूप नाकाबन्दीले घुम्यो
मधेस,आदिवासीको हक धुम्यो।
***    ***    ***
           "माया"
एक्लै छु नभन है म तिम्रै हुँ नि
सधैं तिमीलाई साथ दिने छु नि
कसम तिमीसंग नै बस्नलाई
बाल्नेछु सधैं चोखो प्रेमको धुनी
सुखदुःखमा तिम्रो लागि मै हुँ नि
जन्मनेछु तिम्रो लागि जुनिजुनी ।
***     ***     ***
      "बक्रदृष्टि"
मोदि आए नेपाल मेरो देश
नेताले गर्व गरे परिवेश
नाकाबन्दी मनपरि छ तिम्रो
बहाना मात्र हो बन्द मधेस
मिलौ कमजोर छैन यो देश
परनिर्भरता छाडौ त्यो बेस।
***    ***     ***
        "कुनिती"
मेरो देशको अनौठो राजनीति
फरक मतमा गोलि हान्ने रीति
हुईप जारी गर्ने कस्तो हो खेल
संविधानसभामा किन बेथिति
अल्पसंख्यक हेप्ने हो राजनीति
त्यसैले कुरा सुन्दैन सितिमिति।
- बिर्तामोड,झापा।
~~~~~~~~~~

No comments:

Post a Comment