- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 12 February 2016

शिर्षक एक केस्रा अनेक-६

नवज्योति नेपाली साहित्य समाज परिवारद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -६,अन्तर्गत "साहित्य" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:
~~~     ~~~~~~
        "साहित्य"
साहित्य एउटा  खुबी हो  मेरो
गाउने   गर्छु   यहीं   सेरोफेरो
यसैले  नै  जिन्दगी  त  बन्दैन
तर यो  बिना  हुन्छु  म अँधेरो
यो त  जहिल्यै  रहर  हो  मेरो
यहीँ नै बन्यो जिन्दगीको घेरो।
- दिल प्रकाश मगर भावुक
***     ***
         "साहित्य"
अत्याचार बिरुद्ध चल्छ कलम
देशको  विकासमा बन्दै सक्षम
साहित्य हो समाजको एक ऎना 
बढाउछ   सकारात्मक    कदम
भ्रष्टाचार  बिरोधि  स्वच्छ  कलम
उठौँ साहित्यकार अब लेखम।
- निस्चल आँसु घायल
मोरङ्।
***     ***
         "साहित्य"
तिम्रो मन्दिरमा भक्त बनी आएँ
खुसी छु साहित्यको दर्शन पाएँ
बाँच्छु तिमीसंगै मर्छु तिमीसंगै
साहित्यको गीत लेखी रुँदै गाएँ
शिष्य बनी तिम्रो ज्ञान लिन आएँ
तिमीलाई बाँच्ने  आधार बनाएँ।
- निश्चल "आरम्भ"
***    ****
         "साहित्य"
फुलाउनु छ साहित्यको  बगान
बनाउदै  यहाँ   नौलो  पहिचान
हामीलाई  चिनाउने  नै  साहित्य
गर्न सकौ हामीले यस्को सम्मान
करोडौ   फूलको    एउटै  बगान
ल्याउनु छ हाम्ले सुनौलो बिहान।
- रमेश रसिक
निजगढ।
           (उत्कृष्ट केस्रा)
****     ****
        "साहित्य"
सिमांकित साहित्य  कसरी चल्छ
जिद्दी   नगर   धरहरा   झै  ढल्छ
स्पष्ट होस् कलात्मक त्यहीँ बिधाको
अनि  मात्रै  सृजनाको  विऊँ फल्छ
गजलमा  क्या  चर्को  बहस  चल्छ
निचोड़  आउन्न  र त  मन  जल्छ।
- पाल्पाली विनोद ।
***     ****
         "साहित्य"
पत्थरको   मन    बनाउछ    पानी
खोजी शब्द गुच्छा बाण बनी हानी
खोल्छ  सारा  कुरा  सगर  धराको
लुक्दैन कैले त्यो बोल्छ छानीछानी
साहित्यले झार्छ  आँखाबाट पानी
यसैमा छ  सारा   मेरो  जिन्दगानी।
- बिष्णु कार्की।
             (सह्रानिय केस्रा)
****    ****
         "साहित्य"
साहित्यको बागमा चाहन्छु  फूल्न
सधै  तिम्रै न्यानो काख भरी झुल्न
मेरा  हर   कदममा   साथ   दिन्छौ
दु:ख   पीडा   मनका  वेदना भुल्न
सधैं  भरी   सकुँ तिमीसंगै  फूल्न
साहित्यको जो मीठो  राग बटुल्न।
- पेम्बा डोल्मा "प्रकृति "
सिन्धुपाल्चोक ,हाल:टर्की।
***    ****
        "साहित्य"
साहित्यको रंगमा  रंगिन पाउँ
यसैको बाटोमा सदा दिन धाउँ
शब्दहरू कै   अमृत   बनाएर
दु:ख पीडामा मलम झैं लगाउँ
साहित्य बागमा फूल्न म पाउँ
फूलेर  नि यहि  नै झरेर जाउँ।
- तारा दिप्साली
भोजपुर हाल धरान
****    ****
       "साहित्य"
नवज्योती   साहित्य  उर्वर  भूमि
पक्कै फूली फल्नेछ शिखर चुमी
भावनात्मक   सृजना  देऊ तिमी
हजारौ   मित्र  रंगमञ्चमा   झुमी
जाँ पुग्दैन रवि त्याँ  कविकै भूमी
साहित्यकार भै कल्पना मै गुमि।
- बिनोद पाल्पाली ।
****    ****
          "साहित्य"
पाना माथि रंगाउदैमा कहानी
भो यसैमा समर्पित जिन्दगानी
चोट दर्द पीडा र व्यथा मनका
साहित्यले नै मेटाउछ निशानी
यै हो साँझ यै हो दिन यै बिहानी
साहित्य मै अडेको छ यो परानी।
- सुमन अज्ञात यात्री
लमजुङ,हाल- दुबई।
****    ***
        "साहित्य"
साहित्य मेरो बन्यो  जिन्दगानी
राख्नेछु  हर  खुशीको निशानी
अमुल्य  एउटा  ओखती हो यो
सुधारी दिन्छ जो मुर्खको बानी
साहित्यमै बिल्छ यो जिन्दगानी
तिर्खाको प्यास निदको सिरानी।
- आयुषा कार्की
सिन्धुपाल्चोक।
           ( उम्दा केस्रा)
****    ****
     "साहित्य"
साहित्यकै  लिन्छु  अठोट
हुर्काउँछु भाविका ती बोट
यात्रा होस् जति कठिन नै
मनमा   हुन्न   कैलै  खोट
पहिचान   बन्ने    अठोट
मसिनुमा  हुन्न  है मोट।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा,हाल:यूएई ।
****     ****
        "साहित्य"
शब्द गुच्छा फूल बनी आउ
मस्तिष्कको द्वन्द भित्र छाउ
कैले  मुक्तक  र  कैले  केस्रा
सर्जकको   मुटु  भित्र   धाउ
सदैव   नै   बहारमा   आउ
संगीतको ध्वनि सरि  गाउ।
- सावित्रा लुइटेल घिमिरे
झापा ,हाल इजरायल।
****    ****
         "साहित्य"
हामीले साहित्यको बिज छरेर
जानू छ मिली यहाँ  केहि गरेर
उठाई कलम  बाटै आवाज हो
केही गरौ  हामीले  अघि सरेर
मनमा पीडा बोकि हाँसो छरेर
जाना नदिऊ है साहित्य मरेर।
- सुजन क्षितिज राई 
ईलाम ।
****     ****
       "साहित्य"
साहित्यको  सुन्दर घर  बनाऔं
परिवार मिली त्यैं खुसी मनाऔं
बीचमा  आउने   पहाड़- कन्दरा
सहज होस् है बाटो,सफा खनाऔं
आगन्तुक स्वागत  योग्य  बनाऔं
आफ्नै साहित्य प्रति'मोह जनाऔं।
- बिनोद पाल्पाली।
****    ****
         "साहित्य"
साहित्य नै हो जीवनको आधार
शब्दको जवाफ शब्दको प्रहार
सकिन्न साहित्य अध्ययन गरि
न सकिन्छ नाप्न यसको आकार
अनुभूति पोख्ने सबैको आधार
कसैको सृजना कसैको विचार ।
- सागर जंग देवान
संखुवासभा।
****     ****
        "साहित्य"
कोसिस गर्छु म साहित्यमा फुल्न
शब्दको भण्डारमा चाहन्छु डुल्न
खोज्छु बुन्न सँधै तरेली शब्दको
साहित्य अनुरागी मनमा  घुल्न
तड्पिन्छु जैले नि भावनामा फुल्न
सक्दिन  कैले साहित्यलाई भुल्न।
- बिरेन्द्र भाइ
खोटाङ।
***    ***
        "साहित्य"
साहित्यको नाम अपरम्पार
अट्नेछ यसमा सारा संसार
न भाषा यसको न नाम  थर
साहित्य एकै विधा छन् हजार
महिमा छ उस्कै अपरम्पार
साहित्य नै हो मेरो परिवार ।
- बिन्दा लामा 'तृष्णा'
तीन कन्या ६ , सिन्धुली,हाल-टर्कि।
****    ****
      "साहित्य"
दिलमा बनाएको छु बाग चित्र
हाँस्छु रमाउछु सधैं तिमी भित्र
कलमबाट म देश बनाउछु
छरेर शब्दबाट ज्ञान पवित्र
शब्दहरुको सन्देश रुपि चित्र
सृजना र साहित्य मनको मित्र।
- प्रीन्स याक्खा 'प्यासी'
     संखुवासभा
हाल-अफगानिस्तान।
             (सर्वोत्कृष्ट केस्रा)

No comments:

Post a Comment